कतै नखुलेका वामदेव गौतमले अन्त्यमा दिए यस्तो ‘सरप्राइज’

समाचार

बीबीसी । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै अहिले सत्तारुढ दल नेकपा पनि अनौपचारीक रुपमा विभाजन भएको छ । नेकपामा रहेका अधिकांश नेताहरु दुई भागमा बाँडिएका छन् । प्रधानमन्त्री ओली तर्फ एउटा समुह छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल तर्फ अर्को समुह छ ।

अन्तिम अवस्था सम्म दुवै समुहलाई समर्थन नरेका गृहमन्त्री रामबहादुर थापा बादल विहिवार ओली पक्षको बैठकमा सहभागी भएका छन् । नेकपाका अर्का वरिष्ठ उपाध्यक्ष बामदेव गौतम भने अहिले पनि खुलेर कुनै पक्षमा लागेका छैनन् । पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आफ्नो पक्षको बैठकमा मञ्चमा रहेको आसनले वामदेव गौतम र रामबहादुर थापाको खोजी गरेको बताएका थिए।

तर थापाले उनको साथ छोडीसकेका छन् । उपाध्यक्ष गौतम अझैँ खुलेका छैनन्। किन मौन छन्, कहिले निधो गर्लान् र कता लाग्लान् उनी रु गौतमका पुराना राजनीतिक सहयात्री एवम् पूर्वमन्त्री हरि पराजुलीका भनाइमा ुआफ्नो महत्त्वपूर्ण भूमिका रहेको आन्दोलनलाई एकताबद्ध बनाउने उपाय सम्भव रहँदासम्म प्रयास जारी गर्नुपर्ने भएकाले यो वा त्यो समूहमा आबद्ध हुन्नु भन्ने नेता गौतमको धारणा छ।‘त्यो प्रयासु विफल भएपछि गौतमको ‘तटस्थता र मौनता’ पनि टुङ्गिने उनले बताए। तर प्रयास कहिलेसम्म जारी रहन्छरु पराजुली भन्छन्, ‘जबसम्म सर्वोच्च अदालतले फैसला गर्दैन।’

उनका अनुसार गौतमले देखेको सहमतिको सम्भावनाको सूत्र हो, सरकारले बाँकी दुई वर्षको कार्यकाल पूरा गर्ने र प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन सिफारिस गर्ने सहमति।उनले भने, ूसर्वोच्च अदालतले फैसला नदिँदै प्रतिनिधिसभा विघटनको सिफारिस फिर्ता लिने प्रावधान रहेको कानुनविद्हरूले बताएको र सर्वोच्चमा निवेदन दिएर पनि हुन्छ कि भनेर उहाँ व्यापक कानुनी र राजनीतिक परामर्शमा हुनुहुन्छ।ू,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

तर कतिपयले गौतमले सर्वोच्चको निर्णयका आधारमा कता लाग्ने भन्ने निर्णय गर्न सजिलो हुने भएकाले पर्खिएको हुनसक्ने अनुमान गरिरहेका छन्।पराजुली आफै भने सर्वोच्चले चुनावको ढोका खोलिदिनेमा ढुक्क सुनिन्छन्। त्यस्तो अवस्थामा गौतमले के गर्लान्र ? जनताको बहुदलीय जनवादको नेतृत्व गर्दै साँचो अर्थमा, मदन भण्डारीले देखेका सपनाहरू साकार पार्न नेपाली जनतालाई प्रगति, सुख र समृद्धि प्रदान गर्नका निम्ति अघि बढ्नुहुन्छ,ू पराजुली सुनाउँछन्

अदालतले चुनावको पक्ष वा विपक्ष जेसुकै फैसला गरे पनि गौतमको मार्गचित्र ९रोडम्याप० त्यही भएको उनको ठम्याइ छ। आफैले असंवैधानिक भनेको कदमको परिणाम हुने चुनावमा भाग लिन मिल्छ त रुपराजुली प्रतिप्रश्न गर्छन्, ‘सम्मानित सर्वोच्च अदालतले असंवैधानिक होइन संवैधानिक हो भन्यो भने के गर्ने, त्यसको विरुद्धमा जान सकिन्छ रु कतिपयले जनताको बहुदलीय जनवादलाई ओली पक्षले उठाइरहेकाले गौतम पनि उतै लाग्ने सम्भावना देख्ने गरेका छन्।

उनी सहअध्यक्ष बन्ने चर्चा पनि चलेकै छ। तर पराजुलीका भनाइमा पार्टी नफुट्दासम्म उपाध्यक्ष भए पनि फुटेपछि नेता गौतम उपाध्यक्ष वा सहअध्यक्ष बन्ने छैनन्, अध्यक्ष बन्नेछन्।केपी ओलीले अध्यक्ष दिन्छन्रु ‘नदिए आफ्नै पार्टीको अध्यक्ष बन्ने,’ पराजुलीले भने। तर उनले अहिलेको परिस्थितिमा नयाँ पार्टी गठन गर्ने मौसम नभएकोु स्वीकार पनि गरे। उनका धारणा सुन्दा गौतमको निकटता ओलीसँगै देखिन्छ। गौतम निकट कतिपय नेताहरू ओली पक्षमा लागिसकेको बताइन्छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *