दुई बैठकमा एकातिर सहभागी भएका यि नेता दम्पत्ती ‘जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार छौं ‘भन्दै विहिवार अर्को समुहको बैठकमा गए

समाचार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राईले विहिवार समुह परिवर्तन गरेका छन् । दुई पटक सम्मको बैठकमा ओली समूह तर्फ सहभागी भएका उनीहरु विहिवार भने प्रचण्ड नेपाल समुहको बैठकमा पुगे ।उषाकला राईलाई ओली समुहले केन्द्रिय सदस्य समेत बनाएको थियो । उनले पद समेत अस्विकार गरेकी छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनीहरु विहिवार प्रचण्ड–माधव समूहतिर फर्किएका हुन् ।तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । मलाई प्रचण्ड(नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेका छौं उनले भनेका छन् ।आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड(नेपालतिर भएकाले फर्किएको उनले बताएका छन् । तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । ओलीले केन्द्रिय सदस्य समेत बनाएका उषाकलाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्विकार गरेको घोषणा गरेकी छन् ।‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ। तर, पद र पैसा केही होइन। जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ,’ उनले भनेकी छन्,‘सबै प्रकारका गलत कुराहरू मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेका थियौं। तर आज त्यो अलपत्र परेको छ।’काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राईले विहिवार समुह परिवर्तन गरेका छन् । दुई पटक सम्मको बैठकमा ओली समूह तर्फ सहभागी भएका उनीहरु विहिवार भने प्रचण्ड नेपाल समुहको बैठकमा पुगे ।उषाकला राईलाई ओली समुहले केन्द्रिय सदस्य समेत बनाएको थियो । उनले पद समेत अस्विकार गरेकी छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनीहरु विहिवार प्रचण्ड–माधव समूहतिर फर्किएका हुन् ।

तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । मलाई प्रचण्ड(नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेका छौं उनले भनेका छन् ।आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड(नेपालतिर भएकाले फर्किएको उनले बताएका छन् । तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए।उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । ओलीले केन्द्रिय सदस्य समेत बनाएका उषाकलाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्विकार गरेको घोषणा गरेकी छन् ।‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ। तर, पद र पैसा केही होइन। जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ,’ उनले भनेकी छन्,‘सबै प्रकारका गलत कुराहरू मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेका थियौं। तर आज त्यो अलपत्र परेको छ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *