मेरो बोयफ्रेण्डले मलाई एयरर्पोटमा पर्खिरहेको छ भन्ने गंगा यस पटकपनि कोरियन बोयफ्रेण्डलाई भेट्न पुगीन् एयरपोर्ट, संगै आएकी आमाको आँखाबाट रोकिएनन् आँशु (भिडियोसहित)

भिडियो

काठमाण्डौ । गंगा लामा भनेपछि नचिन्ने सायदै होलान् । उनी निकै सुन्दर छिन् । बोलीमा मिठास पनि उत्तिकै छ । पढेलेखेकी छन् । तर गंगालाई एउटा यस्तो रोग छ जस्ले गर्दा उनले आफ्नै होस् गुमाएकी छिन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनले आफुले के गर्छिन् त्यो भन्ने कुरा उनलाई नै थाहा हुँदैन ।

धेरै मिडियामा गंगाले आफ्नी आमालाई गाली गलौज गरेको र हिर्काएको समेत देखिंदै आएको छ । तर यो उनले जानजान गरेको होइन । गंगा आफैमा अस्वस्थ युवती हुन् । उनलाई के भएको भन्ने ठ्याक्कै भन्न सकिएको अवस्था छैन । तर यत्ति हो कि उनलाई राम्रो डक्टरको खाँचो छ र चेकअपको पनि । उनले आफ्नी आमालाई गाली गरेको मिडियाबाट देखाई दिंदा धेरैले गंगाको स्वास्थ्य अवस्था नबुझेरै उनलाई नाराम्रो प्रतिकृया दने गर्दछन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

सधैं आफ्नै कल्पनाको राजकुमारको पर्खाईमा बसेकी हुन्छिन् गंगा र भन्छिन्,‘मेरो बोयफ्रेण्ड कोरीयन हो । ऊ मलाई लिनलाई कोरियाबाट एरर्पोटमा आएको छ । म जान्छु ।’ गंगाको यही भनाई सधैं दोहोरिने गर्दछ । उनी हातमा पैसा आउना साथ ट्याक्सि चढेर एयरर्पोट पुग्ने गर्छिन् । छोरी गंगाको यो व्यवहारले आजित बनेकी उनकी आमालाई छोरीलाई सम्हाल्न निकै नै गाह्रो परिरहेको छ । छोरीको अस्वस्थ पनले निम्त्याएको असामान्य व्यवहारले गर्दा गंगा र उनकी आमालाई काठमाण्डौमा कोठा पाउन गाह्रो परिरहेको छ ।

सधैं भ्रमको संसारमा आफ्नो बोयफ्रेण्डलाई भेट्न भनी एयरर्पोट जाने गंगा यतिबेला पनि एयरर्पोटमै कोरियन बोयफ्रेण्डलाई भेट्न भनि गएकी छन् । छोरीलाई एक्लै छोड्न मिल्दैन भन्दै गंगाको साथमा उनकी आमा पनि एयरर्पोटमै पुगेकी छन् । यो पटक पनि गंगाले आफ्नो भ्रमको संसारमा रहेको बोयफ्रेण्डलाई भेट्दिनन् । जब उनले यस पटक पनि बोयफ्रेण्डलाई भेटिनन् तब गंगाले के भन्छिन् त ? सुनौं उनैको भनाई । भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *