के तपाईंको घाँ टीको ख स खस हुन्छ ? यी हुन् घाँटीको खसखस हटाउने केही घरेलु उपाय

स्वास्थ्य

घाँटीमा हुने समस्या र टाउको दुखाईको सम्बन्ध सीधा चिसोसँग रहेको बताइन्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरकोतिर लाग्नुभन्दा पहिले सजिलो घरेलु उपाय अपनाउन सकिन्छ । जानौं केही घरेलु उपायहरू घाँटी सफा राख्न र खसखस हटाउन ।

नूनपानीले कुल्ला गरौं : संसारमा नै गरिएको शोध र अध्ययनबाट प्रमाणित भएको कुरा यो हो कि नूनपानी हल्का तातो बनाएर कुल्ला गर्दा घाँटीको दुखाई र खसखसबाट मुक्त रहन सकिन्छ । चिकित्सकहरूले पनि यस्तै सल्लाह दिने गर्दछन् ।कफ सिरप लिन सकिन्छ : यस्तो अवस्थामा कफ सिरप लिन सकिन्छ । तर, यो कुन समयमा कसरी लिने भन्नेबारे जानकारी हुनुपर्दछ । यसले आरामको साथसाथै राम्रो निद्रा पनि ल्याउन मद्दत गर्दछ ।

पर्याप्त पानी पिउनुपर्दछ : शरीरमा पानीको मात्रामा कमी आएमा पनि घाँटीमा खसखस सुरु हुन्छ । पानीको मात्रा शरीरमा पर्याप्त भएमा म्यूकस मेमब्रेन शरीरमा राम्रो रहन्छ, जसले किटाणुप्रति प्रतिरक्षा गर्ने कार्य गर्दछ । पर्याप्त मात्रामा पानी पिउने बाहेक फलहरूको जुस तथा सुपहरू आदि पनि लिन सकिन्छ । यस्तै हर्बल टीको प्रयोग पनि राम्रो हुन्छ । यसमा हुने एन्टीअक्सिडेन्टल औषधिको रुपमा कार्य गर्दछ र घाँटीको समस्याबाट छिटै मुक्त पार्दछ ।
मुख सुक्न नदिने : घाँटीमा समस्या आएपछि खाना खान समस्या हुन्छ । यस्तो अवस्थामा मुख खाली नराखेर केही न केही खानु आवश्यक छ । भिक्स, स्ट्ेरपसिल्सजस्ता फ्लेवर जस्ता गोलीहरू चुस्ने गर्नुपर्दछ । यसले मुखलाई रसमय बनाउछ र फाइदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *