घरभेटीले निकालीदिएपछि १५ वर्षकी बालिका ज्यातीले बिरामी बाबुलाई साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गरिन्

अन्तरास्टिय

एजेन्सी । लकडाउनको समयमा परेको अप्ठेरोमा अहिले सहयोग गर्ने भनेको परिवारका सदस्य मात्र हुन् । लकडाउनका कारण वाहिर निस्कन नपाएको हुँदा अहिले सबै परिवारका सदस्यसंगै बसेका छन् । एक अर्काको मन भुलाउने बाटो परिवारका सदस्य भएका छन् । तर त्यही परिवारका सदस्यलाई अप्ठेरो भयो भने कति सम्म गर्न सकिन्छ भन्ने उदाहरण एक १५ वर्षकी बालिकाले देखाएकी छन् । भारतकी ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाले आफ्ना बिरामी बावुको उपचारका लागि गरेको साहसिक यात्राको अहिले विश्वभर चर्चा भएको छ ।

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका बीच ती बालिकाले १२ सय किलोमिटरको यात्रा साइकलमा गरेकी हुन् । आफ्ना विरामी बुवालाई साइकलको सिटमा पछाडी राखेर उनले त्यती धेरै यात्रा तय गरेकी हुन् । साइकलमा लामो समय अनुभव भएकाहरुका लागि पनि निकै कठिन यो यात्रा उनी जस्ती एक सामान्य बालिकाले पार गरेकी हुन् । आफ्नो अभिभावक प्रतिको मायाले नै यो सम्भव भएको हो । ब्यवसायीक खेलाडीले पनि गर्न नसक्ने यस्तो असम्भव कामलाई उनले सम्भव बनाएकी छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

हरियाणाको गुरुग्रामबाट बिरामी बाबु मोहन पासवानलाई साइकलको पछिल्लो सिटमा बोकेर उनी बिहारको दरभंगासम्म पुगीन् । लामो यात्रा पार गरेर आएका हुनाले उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको गाउँ सिरहुल्लीस्थित क्वारेन्टाइनमा उनीहरु बसिरहेका छन् ।

भाडामा बसेर रिक्सा चलाउँदै आएका ज्योतीका बाबु मोहन केही महिनाअघि सवारी दुर्घटनामा घाइते भए । जसका कारण उनले काम गर्न सकेनन् । तर घरभेटीले भाडाका लागि दवाव दिन थालेपछि उनीहरुले यस्तो साहसिक निर्णय गरेका हुन् । भाडा तिर्न नसके घर छाड्न घरभेटीले भनेपछि उनीहरु भाडाको घर छोडेर साइकलमा आफ्नै घर निस्केका हुन् । औषधी समेत खान नपाएपछि वाध्य भएर घर आउनु परेको बालिकाका बुवाले बताएका छन् ।

अरु चार सन्तान लिएर ज्योतीको आमा गाउँमै छन् भने ज्योती बुवाको रेखदेखका लागि उनीसंगै थिइन् । बाबु विरामी भएपछि ज्यातीले साइकलमा जान बुवालाई आग्रह गर्दा सुरुमा उनका बुवाले मानेनन् । तर अरु केही उपाय नभएपछि ज्योतीको निर्णय मान्न उनी बाध्य भए ।

बस वा रेल केही थिएन । अन्य सवारीसाधन पनि तत्काल उपलब्ध हुने कुनै संकेत थिएन । हिँडेर जानु त असम्भव जस्तै थियो, त्यसैले छोरीको त्यो आग्रह अस्विकार गर्न सकिन उनले भने ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *