श्रीकृष्णको सम्झनामा भाइरल जोडीले छोरीको नाम राखे “श्री” (भिडियो सहित)

भिडियो

काठमाण्डौ । पछिल्लो समय टिकटकमा निकै नै भाइरल भएका जोडी हुन सुधीर श्रेष्ठ र रोशनी श्रेष्ठ । श्रीकृष्ण श्रेष्ठको फिल्म कोहिनुरको गीतहरूमा टिकटिकमा भाइरल बनेका जोडी अहिले म्युजिक भिडियो मा समेत छएका छ्न ।पछिल्लो समयमा उनीहरूको छोरी भएको छ । उक्त कुरा सुधिरले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन ।अहिले उनिहरुलाई सामाजिक संजालमा शुभकामना दिनेको ओइरो लागेको छ । हाम्रो तर्फबाट पनि सुधीर र रोशनीलाई शुभकामना छ । जीन्दगीमा अझै प्रगति गर्दै जानू ।

छोरी जन्माएपछी निकै नै खुसी देखिएका जोडि अहिले छोरीको नाम पनि श्रीकृष्णकै नामबाट राखेका छ्न । सुधीरले एक अन्तरवार्तामा बताएअनुसार सुधीरले छोरीको नाम “श्री” राखेका छ्न । पछिल्लो समय म्युजिक भिडियोमा रुचाईएको एउटा नाम हो सुधीर श्रेष्ठ ।उनले पछिल्लो समय निकै नै हिट म्युजिक भिडियो दिइरहेका छ्न । उनका “नबोली बनोली”, “मायाँ गरौंला” जस्ता गीतलाई दर्शकले निकै नै रुचाएका छन ।

श्रेष्ठ दम्पतीले यसअघि ‘जेल पनि सहुँला’ बोलको गीतमा टिकटक बनाएका थिए ।१५ सेकेन्डको समयावधिमा यी दुईले प्रस्तुत गरेको अभिनय, हाउभाउ र कन्सेप्टलाई रुचाउने बढे । ‘के म तिम्रो होइन र’ मा टिकटक बनाउँदा सुधीरको फलोअर्स १७ हजार जनाभन्दा बढी थिए । अहिले उनलाई फलो गर्ने ५ लाख १० हजार छन् । भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *