ईण्डियन आर्मीले आफ्नै श्रीमतीलाई पारे अलपत्र, पेन्सन निस्किएको श्रीमतीलाई थाहै नदिएर भारतमै बसिदिंदा परिवारको भयो बिचल्ली (भिडियोसहित)

भिडियो

काठमाण्डौ । १६ वर्षे उमेरमै बिहे गरेका थिए मन बहादुर थापा मगरले बाटुली थापा मगरलाई । बाटुली र मन बहादुर मामा फुपुका छोराछोरी हुन् । मगरको जातमा मामा फुपुको छोराछोरी बीच बिहे गर्ने चलन रहेको छ । त्यहि परम्पराकै आधारमा बाटुलीले पनि आफ्नी फुपुको छोरासंग मागी बिहे गरेकी थिईन् । बाटुली भन्छिन्,‘मेरो त मागी बिहे भएको हो । झ्याई झ्याई पञ्चेबाजा बजाएरै बिहे गरेको हो । हाम्रो जातमा मामा फुपुको छोराछोरी बिहे हुन्छ । त्यही चलन अनुसार हाम्रो पनि बिहे भएको हो ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

बाटुलीलाई बिहे गर्दा मन बहादुर ईण्डीयन आर्मी बनेका थिएनन् । बिहेपछि ईण्डीयन आर्मी बनेका मन बहादुरले विस्तारै बाटुली संगसंगै घरपरिवार र आफ्नो सन्तान पनि र्बिसंदै गए । उनीमा ईण्डीयन आर्मी भएको कुराको दम्भ आयो या के भयो यो कुरा स्वयम बाटुलीलाई पनि थाहा छैन । तर आजसम्म मन बहादुरको मन भने न बाटुलीतिर न आफ्नो सन्तानतिर न त परिवारतिर नै फर्किएको छ । बैंस छंदादेखि नै पल्टने श्रीमानको बाटो हेरेर बसेकी बाटुलीको आँखाले अझैं पनि मन बहादुर आउने बाटो हेरिरहन्छ । भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *