काठमाडौँ । अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । तस्वीरमा देखिन्छ– ‘दुर्घटना परेको स्कुटर र नजिकैबाट सवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर’ ।दुर्घटनामा परेर घाइते सडकमा छटपटाइरहेको बेलामा पनि राई भने नदेखेझै गरेर हुँइकिएको भन्दै अहिले सामाजिक सजालमा निकै विरोध भएको छ । यो तस्वीर सोमबार मोरङको बेलबारी ४ मा भएको एक सवारी दुर्घटनाको हो ।
स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका९११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए। त्यही बेला मुख्यमन्त्री राई र उनका सुरक्षाकर्मीको गाडीको लस्कर सोही वाटो भएर गएको थियो ।घाइतेहरु सडकमै लडिरहेको अवस्थामा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थान पुगे पनि उनीहरुको उद्धार भएन ।सडकमा घाइते तड्पिएको देख्दा देख्दै पनि मुख्यमन्त्री राईको टोलीले उनको उद्धार नगरी ‘हुइँकिए’पछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।मुख्यमन्त्रीको सवारी भएको केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो । उद्धारमा ढिलाइ हुँदा एक जना घाइतेको निधन भइसकेको थियो भने अर्क घाइते भण्डारीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,