घरको मन्दिरमा झुक्किएर पनि नराख्नुहोस् यस्ता मूर्ति, नत्र आउन सक्छ संकट

रोचक

काठमाडौँ । वास्तु अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन अशुभ मानिन्छ। भगवानका केही यस्ता स्वरुप र मूर्तीबारे तपाईंलाई जानकारी हुनुपर्छ।वास्तु ग्रन्थमा भगवानको मूर्तीको दिशा र स्थानबारे पनि केही विशेष जानकारी दिइएको छ। यी कुराको ध्यान नराख्दा अशुभ फल देखिन थाल्छ र वास्तु दोष पनि बढ्न थाल्छ।

यी वास्तु ग्रन्थमा बताइए अनुसार भगवानको मूर्तीको पिठ्युँ, संख्या र मूर्तीको आकार-प्रकारबारे पनि सावधान हुनुपर्छ।

१) भगवानको मूर्ती घरमा राख्दा पिठ्युँ नदेखिने गरि राख्नुपर्छ। भगवानको पिठ्युँ देखिनु शुभ मानिँदैन।२) पूजा कोठामा एउटै भगवानका दुई मूर्ती राख्नु राम्रो मानिँदैन। विशेषगरी यदि दुबै मूर्ती नजिकै वा आमने-सामने छ भने। यस्ता मूर्तीको दर्शन गर्दा बारम्बार झगडा हुन्छ।

३) कुनै मूर्तीसँग गहिरो आस्था भएपनि यदि टुटेफुटेको छ भने त्यसको दर्शन गर्नु हुँदैन। यस्तो, मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुने गर्छ।४) मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ। रौद्र र उदास मूर्तीको दर्शन गर्दा नकारात्मक ऊर्जा संचार हुन्छ।

५) युद्ध वा कुनै विनाश गरिरहेको भगवानको मूर्तीको दर्शन गर्नु हुँदैन। यसो गर्नु दुःखको कारण बन्न सक्छ।६) घरको मन्दिरमा मूर्तीको उचाई हातको औंला जति हुनुपर्ने मान्यता राखिन्छ। यो भन्दा अग्लो मूर्ती सही मानिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *