अब जाँगर र खुबी भएका नेपालीले सजिलै बेलायत जना पाउने !

समाचार

कुनै बेला आप्रवासी नियन्त्रण सरकारको प्रमुख एजेण्डा थियो । टोरीले घोषणापत्रमै आप्रवासी संख्या घटाउने प्रतिबद्धता गरेर चुनाव जित्यो । विदेशी लखेट्ने भनेरै ब्रेक्जिट (बेलायतको ईयूबाट बहिर्गमन जनमत संग्रह निम्ति) पनि जित्यो ।

अध्यागमन नियन्त्रणका नाममा अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारको उठिवास बनाएको बेलायत सरकार अहिले फेरि यूटर्न हुँदै छ । उसले युरोपेली संघ (ईयू) बाट पूर्णरूपमा अलग्गिएपछि १ जनवरी, २०२१ देखि अंकमा आधारित भिसा प्रणालीमार्फत विश्वभरबाट दक्ष जनशक्ति आफ्नो देश उतार्ने भएको छ । नयाँ नियमबाट नेपालमा भएका प्रतिभावान तथा दक्ष कामदार यूके जान सक्नेछन् ।

ईयू बासिन्दालगायत सबै विदेशीलाई १ डिसेम्बर २०२० देखि नै आवेदन खुला गरिसकिएको छ । अनलाइनबाट भिसा आवेदन गर्न सकिने र जनवरी १, २०२१ देखि काम गर्न अनुमति दिइने सरकारले हालै जनाएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,, 

दक्ष कामदार भिसाका लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजीमा निपुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुनु अनिवार्य छ ।आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ । आप्रवासी कामदारहरूले भिसाका लागि योग्य हुन कूल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलव कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् ।

भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ ।बेलायतबाहिरका आवेदकलाई सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।

सरकारको नयाँ घोषणाले नेपालबाट पनि दक्ष जनशक्ति बेलायत भित्रन बाटो खुलेको लण्डनका पहिलो नेपाली सोलिसिटर राजु थापा बताउँछन् । ‘उच्च दक्ष व्यक्तिलाई बेलायत आउने ‘यो राम्रो अवसर हो’, थापाले भने ‘ईयूसँग अलग्गिएपछि बेलायतले दक्ष जनशक्ति अभाव पूरा गर्न यो रणनीति ल्याएको देखिन्छ ।’३१ डिसेम्बरमा ब्रेक्जिटको संक्रमणकालीन अवधि अन्त्यसँगै बेलायत ईयू खुला आवतजावत बन्द हुँदै छ । १ जनवरीदेखि युरोपेली र अन्य मुलुकका नागरिकको लागि समान अध्यागमन नियम लागू हुनेछ । अहिले बेलायत ईयू सदस्य हुँदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,, 

सरकारले भिसाका अरू रुट पनि खुला गरेको छ । इञ्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोबल ट्यालेन्ट भिसा र व्यावसायिक दक्षता एवं नयाँ सिर्जनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसाको रुट पनि खोलिएको हो । विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने ५ अक्टोबर, २०२० मै खुला भइसकेको थियो ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवं ब्यारिस्टर प्रा. डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) बेलायतमा प्रतिस्पर्धा र गुणात्मक क्षमताको भरमा सबैले प्रगति गर्न सक्ने वातावरण भएकाले यो देश विश्वकै रोजाइमा पर्ने धारणा राख्छन् ।

बेलायत सरकारको उद्देश्य आफ्नो देशमा सीप भएका विदेशी भित्र्याउने हो । यसो भन्दैमा सरकारको क्राइटेरियाबिनै बेलायत आउन असम्भव छ । नेपालका कतिपय कन्सल्टेन्सीले बेलायतमा सहजै वर्क भिसा पाइन्छ भन्ने प्रलोभन देखाएर कमाउने मेलो सोझ्याइसकेका छन् । विशेष गरी आवेदकमा अंग्रेजी भाषाको ज्ञान, बेलायतमा काम र आवश्यक तलब दिने विश्वासिलो रोजगारदाता र उसका पर्याप्त कागजात, बैंक ब्यालेन्स आदि हुनुपर्छ । यी चिज आफूसँग भए सिधै अनलाइनमार्फत फाराम भरे हुन्छ, दलालसम्म पुग्नै पर्दैन ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,, 

Leave a Reply

Your email address will not be published. Required fields are marked *