२० वटा सिलिन्डरमा आगलागी हुँदा नसोचेको क्षति, ६६ वटा बस्तीहरू ध्वस्त

अन्तरास्टिय

काठमाडौं । एकसाथ २० वटा सिलिन्डरमा आगलागी हुँदा नसोचेको क्षति भएको छ । शनिबार भारत, आसाम राज्यको गुवाहाटीमा कम्तिमा २० एलपीजी सिलिन्डरमा आगलागी भएको हो । जानकारी अनुसार आगलागीपछि ६६ वटा बस्तीहरू ध्वस्त भएका छन् ।

प्रहरीले यो जानकारी दिएको हो । यद्यपि शहरको जलकुदीमा भएको घटनामा कुनै मानविय क्षति भएको छैन । प्रहरीले भने कि एउटा झुण्डमा आगो लागेपछि यो अन्य झुपडीमा फैलिएको जानकारी दिएको छ । ती घरहरूमा रहेको घरेलु एलपीजी सिलिन्डरमा आगलागी हुँदा आगलागी थप बढेको हो ।

प्रहरीले १४ दमकलले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएको जानकारी दिएको छ । आगो हुर्किन थालेपछि स्थानीयहरु भागेकाले ठूलो मानविय क्षति भएन । तर घर टहरा भने ठूलो क्षति भएको छ । News Source

Leave a Reply

Your email address will not be published. Required fields are marked *