श्रीमानबाट सन्तुष्ट भएन, बच्चा नजन्मिने देखे भन्दै मुद्धा हालेपछी…

रोचक

काठमाडौं । श्रीमानबाट सन्तुष्ट नभएकी एक श्रीमतीले जे गरिन् त्यसले सबैलाई चकित पारेको छ । भारतको, दिल्ली उच्च अदालतले एक दम्पतिको सम्बन्ध विच्छेद सम्बन्धमा तल्लो अदालतले दिएको आदेशलाई समर्थन गरेको छ ।

उच्च अदालतले तल्लो अदालतको फैसला ठिक भएको बताउँदै जीवनसाथीमाथि बच्चा जन्माउन नसक्ने भएको गलत आरोप लगाउनु ठूलो अपराध समान भएको बताएको छ । लामो समयदेखि अलग बस्दै आएकी श्रीमतीले आफ्ना श्रीमानमाथि आफुलाई सन्तुष्टि नदिएको आरोप लगाएकी छिन् ।

उच्च अदालतले श्रीमानको सल्लाहलाई मानेको छ कि श्रीमतीले लिखित बयानमा लगाएको आरोप गम्भीर छ र यसले व्यक्तिको प्रतिष्ठालाई असर गर्ने अवस्थामा व्यक्तिको मानसिक स्थितिमा प्रतिकूल असर पार्न सक्छ ।

न्यायधीश मनमोहन र सञ्जीव नरुलाको इजलासले भन्यो, ‘तसर्थ यस विषयमा कानूनलाई ध्यानमा राख्दै तल्लो अदालतको खोज र अवलोकनमा कुनै कमजोरी देखिएको छैन । अपीलकर्ता (पत्नी) को लिखित बयानमा यससँग सम्बन्धित आरोप स्पष्ट कानूनी रुपमा अपराधको अवधारणा अन्तर्गत आउँछ ।’

हिन्दू विवाह ऐनअन्तर्गत सम्बन्धविच्छेदको लागि पतिले गरेको निवेदनमा तल्लो अदालतको आदेशको बिरूद्ध महिलाको अपीललाई उच्च अदालतले उक्त फैसला सुनाएको हो । यस दम्पतीले २०१२ जुनमा विवाह गरेको थियो । यो महिलाको पहिलो विवाह थियो जबकि पुरुषको दोस्रो विवाह थियो ।

अहिलेकी श्रीमतीसँग विवाह गर्नुभन्दा पहिले उनले सम्बन्ध विच्छेद गरेका थिए । ति महिलाको सम्बन्ध कायम गर्ने कुरामा चासो नभएको र विवाहको लागि उनको अनुमति महिलाको कथित मानसिक अवस्था सम्बन्धी तथ्य लुकाएर प्राप्त गरेको आधारमा विवाह समाप्त गर्ने पक्षमा रहेको भनिएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ति व्यक्तिले यदि आफुलाई यी सबै कुरा थाहा भएको भए, कहिल्यै विवाहका लागि तयार नहुने बताएका छन् । महिलाले आफ्नो प्रतिक्रियामा आरोप लगाईन् कि उनका पति बच्चा जन्माउन नसक्ने समस्याबाट पीडित छन् । उनले यो बैवाहित जीवन समाप्त गर्नुको वास्तविक कारण हो, यसका साथै उनले ससुरामाथि अनावश्यक विवाद गर्ने र दाइजको माग पनि गर्ने गरेको आरोप लगाएकी छिन् ।

दाइजोको माग गर्दै ससुराले उनलाई नराम्रो व्यवहार गरेको र उनका पतिले सासुको अगाडि नराम्रोसँग हात हालेको ति महिलाले आरोप लगाएकी छिन । उक्त महिलाले उच्च अदालतलाई सम्बन्धविच्छेद गर्ने सम्बन्धमा तल्लो अदालतको आदेश खारेज गर्न र वैवाहिक अधिकार पुनःर्स्थापित गर्न माग गरेकी थिइन् । उनी वैवाहिक गठबन्धनलाई बचाउन चाहान्छिन् ।

महिलाको यस आरोपमा उच्च अदालतले तल्लो अदालतले दिएको फैसलाको समर्थन गर्दै महिलाको मागलाई अस्वीकार गरेको छ । किनकी उनले जे आरोप लगाएकी छिन् त्यो नै सम्बन्ध विच्छेदको पहिलो आधार भएको अदालतको बुझाई छ ।

जब सम्बन्ध नै बनाउँन सक्दैनन् । बच्चा नै हुँदैन भने उनीहरु एकअर्का लामो समय रहन सक्दैनन् । त्यो सम्बन्ध सिमित स्वार्थका लागि हुनसक्छ । यसैले अहिले नै सम्बन्ध बिच्छेदलाई नै कायम राख्नु कानूनी मान्यता ठहर्छ अदालतले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *