५ बर्ष अघि बाजा बजाएर बिवाह गरि ल्याएको अढाई महिनामै श्रीमान गए विदेश, नफर्के पछि श्रीमती भन्छिन्, ‘म हजुरको अनुहार हेरेर मर्न चाहान्छु एकपटक फर्किदिनुस’

भिडियो

रुपन्देही । आजभन्दा पाँच वर्ष पहिले देवी तिवारीको लोक प्रसाद (राजु) तिवारीसंग बिहे भयो । बिहे भएको अढाई महिनापछि राजु कामको शिलशिलामा विदेशीय । राजु विदेश नजाँदासम्मको त्यो अढाई महिनासम्म घरमै रहँदा देवी र राजुबीचको सम्बन्ध राम्रै थियो । राम्रैसंग घरपरिवारबीच सल्लाह भएर सबैको सहमतिमा नै राजु विदेश गए । विदेश गएको केही समयसम्म पनि राजुले आफ्नी नव दुलहीलाई निरन्त्तर सम्पर्क गरि नै रहे ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

तर पछिपछि भने विस्तारै राजुले विदेशबाट आफ्नी श्रीमती देवीलाई वास्ता गर्न छाड्दै गए । घरमा घर परिवारको राम्रै ख्याल राखेर बसेकी श्रीमती देवीलाई राजुले सम्पकै नगरेको आज पाँच वर्ष भई सकेको छ । यो पाँच वर्षमा देवीले श्रीमान राजुको बाटो हेरेको हेरै छिन् । कहिले घर कहिले माईत गरेरै भएपनि देवीले राजुलाई पर्खि रहेकी छिन् । विदेशबाट कुनै दिन अचानक श्रीमानले फोनमा आफ्नो आफ्नो बाटो लाग्ने भन्ने शब्द बोलेको कुरा देवीले रुँदै सुनाईन् ।

छोरी मान्छेको जात एक पटक अन्मिएर पराई घरमा गई सकेपछि धेरैको कुराको बन्धनमा बाँधिने रहेछ भन्दै देवीले आफुले ती सबै बन्धनहरुलाई कहिल्यै नतोडेको पनि बताईन् । तर श्रीमानले आफुलाई अचानक किन आफ्नो बाटो लाग्ने भने उनी यही भनाईको जवाफको पर्खाईमा छिन् । उनले आफुले घर परिवार र माईति दुवैको इज्जतमा बस्दा बस्दै पनि किन श्रीमानले वास्ता गर्न छाडे भन्ने प्रश्नको जवाफको पर्खाईमा छिन् उनी भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *