संसद विघटनको सिफारिस गरेका प्रधानमन्त्रीले फेरी राखे वैशाख २३ का लागि यस्तो प्रस्ताव

समाचार

काठमाडौ । आइतवार विहानै संसद विघटनको सिफारिस मन्त्रीपरिषद्वाट गराएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी अर्को प्रस्ताव राखेका छन् । उनले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । ओलीले आइतवार विहानै आकस्मिक रुपमा मन्त्रीपरिषद् वैठक राखेर संविधान विघटनको प्रस्ताव गरको थिए ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेको बताइएको छ । उनको यो कदमको तिव्र विरोध भइरहेको बेलामा अर्को प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। राष्ट्रपतिले अनुमोदन गरेपछि सर्वोच्च अदालतमा यो विषयले प्रवेश पाउने सम्भावना पनि उत्तिकै छ । संविधानविद् हरुले ओलीलको यो कदमलाई असंवैधानिक भन्दै आएका छन् ।

नेपालको संविधान संसद विघटनको विषयमा स्पष्ट छैन। नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन। संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *