सिरियल क्विन एकताले किन बिहे गरिनन् ? भाबुक हुदै खुलाइन् यस्तो राज

रोचक

केही समय अघि आफ्ना अनुभव सुनाउने क्रममा बलिउडकी चर्चित टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको राज । जुन कुरा सुनाउँदा उनी आफै नै भएकी थिईन् भावुक । सबैलाई थाहा भएकै कुरा हो कि एकता कपुर बलिउडमै सबैभन्दा बोल्ड टिभी सिरियल निमार्ण गर्ने मध्यकी एक निमात्री हुन् ।धेरै जसो उनीद्धारा निर्मित सिरियलमा महिला चरित्रलाई बलियो बनाउने गरिन्छ । भारतमा महिलाको भन्दा पुरुषको बर्चस्व रहने भएको हुनाले उनले सिरियल मार्फत महिला सशक्तिकरणको कुरालाई निकै नै प्रथामिकता दिंदै आईरहेकी छन् । उनले सिरियल मार्फत समाजमा महिला पुरुषबीचको विभेदको अन्त्य भएको देखाउने कोशिश गरिरहेकी छन् ।

उनै निर्मात्री एकता कपुरको भने जीवन कहानी कुनै सिरियल भन्दा पनि कम नभएको कुरा जब उनले आफ्नै मुखबाट सुनाईन् तब उनका कुरा सुन्ने सबैको आँखा रसायो । नाम र दाम दुवै कमाएको हुनाले एकतालाई इन्डस्ट्रिमा घमण्डी भनेर पनि चिनिन्छ । उनले यो कुरामा पनि आफ्ना मन छुने भनाईहरु शेयर गरेकी थिईन् । पछिल्लो केही वर्ष यता एकतालाई उनको सिंगल मदरको विषयलाई लिएर धेरै नै कन्ट्रोभर्सी बनाईएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

‘मलार्ई घमण्डी, एकलकाटे, समलिं गी जे जे भनेपनि चित्त कहिल्यै दुखेन तर मेरो सिंगल मदरको विषयलाई लिएर बनाईएको गसिपप्रति भने मेरो चित्त निकै नै दुखेको छ ।’ भन्दै जब एकताले आफ्नो मन दुखेको कुरा सुनाईन् तब सबैको आँखा रसाए । किनभने एकताले यो जुनिमा विहे नगरिकन आफु सिंगल मदर हुन चाहेको कुरालाई लिएर जब उनको छोरा रवीको बारेमा नाथाथरी कुरा गरियो त्यो कुराले उनको चित्त दुखेको कुरा सुनाईन् ।

उनले भनिन्,‘म सिंगल मदर बन्न चाहाने यो मेरो नितान्त व्यक्तिगत चाहानाको कुरा हो । र यस्मा मलाई मेरो परिवारको समर्थन मिलेको छ । मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ? किन मलाई नानाभाँति भन्नु पर्यो र ? अनि मेरो यो सानो अबोध बच्चालाई पनि ? के भन्नेहरुलाई थाहा छ यो कुरा कि म अविबाहीत नै भएर पाएको मेरो बच्चालाई कति ना’जुक तरिकाले हुर्काएको छु भन्ने ?,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *