छोरीका ब्वाइफ्रेण्डलाई आफूसँगै क्वारेन्टाइन राखेका ओबामाले भने– ‘धेरै…

अन्तरास्टिय

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोनाभाइरस महामारीका क्रममा उनकी छोरी मालियाका ब्वाइफ्रेण्ड आफूहरुसँगै क्वारेन्टाइन बसेको खुलासा गरेका छन् । ओबामाले एक जवान व्यक्तिले धेरै खाएका कारण उनको ग्रोसरीको बिल ३० प्रतिशतसम्म बढेको समेत बताए ।द बिल सिमन्स पडकास्ट शोमा ओबामाले कोरोना महामारीको सुरुवाती दिनमा छोरी मालियाका ब्वाइफ्रेण्ड आफ्नो परिवारसँगै क्वारेन्टाइन भएको बताए । मालिया ओबामाकी जेठी छोरी हुन् र उनी २२ वर्षकी छिन् । उनका ब्वाइफ्रेण्डको नाम रोरी फर्कुहर्सन हो ।

ओबामाले मालियाका ब्वाइफ्रेण्ड रोरीको बारेमा भने ‘भिसाका विषयमा धेरै कुराहरु थिए । उनजको जागिर थियो । त्यसैले हामीले उनलाई हामीसँगै बस्न दियौं । म उनलाई मन पराउन चाहन्नथें तर उनी राम्रो मान्छे छन् ।’ क्वारेन्टाइनको क्रममा छोरीहरु मालिया, साशा र रोरीसँग आफूले राम्रो समय बिताएको बताएका छन् ।ओबामाले उनीहरुलाई कार्ड गेम खेल्न पनि सिकाएको खुलासा गरे । ओबामाका अनुसार रोरीको खानपिन उनका छोरीहरुको भन्दा धेरै फरक थियो । उनलाई खाइरहेको हेर्दा अनौठो लाग्थ्यो । यसबाट ग्रोसरीको बिल ३० प्रतिशत बढ्यो । न्यूयोर्क पोस्टका अनुसार मालिया र रोरी हार्वर्ड विश्वविद्यालयमा पढ्ने क्रममा भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *