शुभ साईत बिना नै सुरुवात गरिएको भवनले जिन्दगीभर दुख मात्र दिन्छ

Uncategorized

प्राचीन वास्तु पद्धतिमा भूमि (जग्गा जमिन) विशेषगरी भवन निर्माणका क्रममा गरिनु पर्ने शुद्धीकरण त्येसमा भएमाे नाग दाेष जग्गाको माेहडा जग्गामा प्रवेश गर्ने बाटाे आदि विषयमा वास्तुशास्त्रमा धेरै कुराहरुकाे व्याख्या गरिएको छ ।भवन निर्माण गर्ने दिन नाग कुन दिसामा कसरी वसेका छन् भन्ने कुरा पनि जान्नु अत्यन्तै आवश्यकता छ ।

पहिलोपटक खन्ने क्रममा नाग भएकाे भागमा नखनियाेस भने रै ज्याेतिषी हरुले मुहुर्त निर्धारण गर्ने हाे ।पछिल्लो समयमा सामान्य दिन हेरेर हतारमा गृह निर्माणकार्य थालनी गर्दा यसकाे असर बनाउदै गर्दा देखा पर्न सुरु गर्छ ।सकेसम्म विज्ञहरुकाे सल्लाह अनुसार नै बनाउदा शुभ तथा भनेकाे समयमा निर्माणकार्य सम्पन्न हुने वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी गराउनु भएकाे छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

लामाे समयसम्म साधना तथा तपस्या बाट अनुसन्धान गरी निकालिएको उक्त शुत्र कै आधारमा बनाउनु पर्ने भबन आफू अनुकुल बिना मुहुर्त निर्माणकार्य गरिएकाले भनेकाे समयमा निर्माण पूरा नहुने, याेजना गरिएको पैसा भन्दा पनि धेरै खर्च भैसक्दा पनि भवन पूर्ण हुन नपाउने तेस्तै घर बनाउने भनेर जगकाे थालनी गरेलगत्तै उक्त रकम अरुकाममा खर्च भएर घर पुराहुन नपाउने अकस्मात् घरका सदस्य हरुकाे स्वस्थ्यमा समस्या देखा परेर रकम खर्च हुने जस्ता विभित्र समस्या देखा परेमा तपाईंले सुरुवात गर्नु भएकाे समय नै खराब भएर हुनसक्ने वास्तु विद्ले जानकारी गराउनु भएको छ।

वास्तु कै आधारबाट भूमि कुन बेला सुतेकाे अवस्थामा रहन्छ तेस्तै देवता हरु कस्ताे समयमा जागृत रहन्छन् यी सब कुरा मुहुर्त बाट जानकारी प्राप्त हुन्छ ।यसैबाट वास्तुशास्त्रले काम गर्ने हाे । सूर्य कुन राशिमा हुदा कस्ताे माैसम र वातावरण हुन्छ ।सूर्य र चन्द्रमाकाे अवस्थाले भूमिमा कस्ताे प्रभाव पारिरहेको हुन्छ। राहु तथा केतु कुन बिन्दुमा रहेका छन सब्बै कुराहरुकाे याेग हेरेपछि मात्रै मुहुर्त निर्धारण हुन्छ र यहि नै मुहुर्त हाे ।यस्कै आधारमा वास्तु शास्त्रले मुहुर्त निर्धारण गरेर शिलान्यास गर्नु पर्ने नियम रहेकाे छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *