सुनको भाउ लगातार बढ्दै, यस्तो छ आजको मुल्य

समाचार

३ पुष, काठमाडौं । सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ । बुधबार पनि सुनको भाउ चार सय रुपैयाँले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *