लिफ्ट मागेर हिँडेकी यी नर्सकाे जीवनमा पत्याउनै मुस्किल पर्ने घटना

रोचक

मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे तिर हतारमा उठियो। मम्मीलाई नि उठाएर आफ्नो लागि खाजा बनाउन लगाए किनकी कोरोनाको समय छ, सबै ठाउँमा खाना नास्ता खाने जस्तो माहोल छैन।फ्रेस भएँ। मम्मीले पकाउनु भएको नास्ता खाएँ, झोला तयार पारे। यति गरुन्जेल ६ बजिसकेको थियो। मम्मीलाई हतारमा ल अब हिडेँ भनेर बाइक निकालेँ। एउटा काँधमा झोला भिरेँ, बाइक स्टार्ट गरेँ। *****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, ***घरको गेटबाट बाहिर निस्किएँ।घरबाट हिडेको लगभग खल्तिमा राखेको मोबाइलमा अलार्म बज्यो। सधैँ जसो म साढे ६ मा उठ्ने गर्थेँ तर आज म बाटोमा पुगिसकेको थिएँ। ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

एकछिन रोकेर अलार्म बन्द गरेँ, अगाडि बढेँ। अत्तरियादेखि अलि अगाडि स्याउले बजार भन्ने ठाउँ छ, एक जना भरत शाह दाइ बिहानै साइक्लिङ गर्दै थिए। दाइ नमस्ते भन्दै बाइक अलि स्लो गरेँ। दाइले भन्नु भयो ‘ओहो भाइ! तिम्रो उठ्ने समय भैसक्या हो?’हाँस्दै भनेँ ‘परिस्थिति दाइ, समय समयको खेल, कहिले ७/८ बजेसम्म सुतिन्छ, कहिले ५ बजे हिडिन्छ।’ छर्लङ्ग उज्यालो भैसकेको थियो। मलाई नेपालगन्ज पुग्नु थियो समयमै। दाइ म लागेँ है, ढिला हुन्छ भनेर अगाडि बढेँ। खुटियाको पुलमा पनि मर्निङ वाक गर्नेहरु हिँडिरहेका थिए। बिहानको चिसो मौसम, सरर हावा खादै म नि अगाडि बढ्दै गएँ। बनबेहडा, कुचैनी राजिपुर हुँदै मसुरिया पुगेँ।गाडीहरु नि खासै चलेका थिएनन्, रोड खाली नै थियो। मैले धान्न सक्ने स्पिडमा बाइक चलाउन कुनै कुराले अबरोध गर्ने जस्तो अवस्था थिएन। मसुरियाको थोरै अगाडि एक जना युवतीले हात दिएर बाइक रोक्ने इशारा गरिन्। म दोधारमा परेँ, बाइक रोक्ने की नरोक्ने भनेर। जब नजिक पुगेँ, मेरो हात र खुट्टाको दुइटै ब्रेक एकै पटक लागेको थाहा नै भएन।

एक सुन्दर युवतीमा कतिसम्म आकर्षण हुन्छ भन्ने कुरा त्यो बेला बुझेँ जब मैले नचाहँदा नचाहँदै मेरो बाइकको ब्रेक आफै लागेको थियो।गुलाशी ओठ, खैरो आँखा, ५.४ फिट जति हाइट, सिल्की कपाल, हेर्दै आकर्षक जीउडाल। धेरैमा ५ सेकेन्ड भित्र मैले सबै यी कुरा हेरेर भ्याइसकेको थिएँ। अनि मुसुक्क हाँस्दै सोधेँ ‘हजुर भन्नुस्।’उनले उत्तर फर्काइन्, ‘कतासम्म जानु हुन्छ, मलाई लग्दिनु हुन्छ?’ आफूलाई त के खोज्छस् काना आँखा भने जस्तै भयो। मेरो बाइकले नि अँ हुन्छ भने जस्तै लाग्यो। एक सिट खाली छ लग्दिउँ न भने जस्तै लाग्यो। बोक्ने त बाइक हो, बाइकले नै हुन्छ भनेपछि मेरो के लाग्यो र! हुन्छ भनेँ मैले नि, आवाज निकाल्दै। उनले फेरि सोधिन् ‘कति टाढासम्म?’ भनेर।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

मैले नेपालगन्ज भनेँ, उनले खुसी हुँदै भनिन् ‘ए हो र?’ ‘तपाई कहाँसम्म जाने?’उनले उत्तर फर्काइन् ‘तपाईं जहाँसम्म लग्दिनु हुन्छ, त्यहीसम्म। तर जाने त म नि नेपालगन्जसम्मै हो।’ए हो र? ल बस्नुस्, म नि त्यहीसम्म जाने हो।’उनले फेरि सोधिन्, ‘कसरी बसौँ?’‘तपाईलाई जसरी सजिलो हुन्छ, त्यसरी नै बस्नुस्।’अनि अगाडि बढेउँ हामी। अब बाइकको रफ्तार पहिले जस्तो रहेन, स्पिड चलाउँदा उनको कपाल उडेर बिग्रिन्छ की भनेर विस्तारै चलाउदै थिएँ। कुरा गरे नि मज्जाले सुनिन्छ भन्ने तरिकाले चलाउँदै थिएँ। आफूले केही सोध्न सकिनँ, उनले केही सोधुन् भन्ने चाहाना थियपहलवानपुर पुगिसक्यौँ, केही सोधिनन्।अगाडि बढेउँ त्यताबाट नि। बाटो त्यस्तै त हो, खाडलहरु आए ब्रेक लगाउनु पर्यो बाइक। अझैँ स्लो भयो, उन्ले अनि बोल्न सुरु गरिन् ‘यो देशको बाटो कहिलै राम्रो नहुने भयो है सर’ भनेर।‘अँ सधैँ यस्तै हो, कहिलै राम्रो देखिएन’ भनेँ मैले नि। मैले नि अब मौका पाएँ कुरा सुरु गर्न। सोधिहालेँ ‘के गर्नु हुन्छ’ भनेर।

‘म नर्स हो, नेपालगन्ज मै पढेकी म उतै जब गर्छु। अस्ति शुक्रबार घर आकी थेँ, अब फर्किदै आफ्नो काममा,’ उनले भनिन्। अनि तुरुन्त मलाई प्रश्न गरिन्, ‘तपाई के गर्नु हुन्छ?’मैले नि रमाइलो पारामा भनिहालेँ ‘राम्री नर्सहरुलाई लिफ्ट दिने काम गर्छु, कहिले यता कहिले उता’। मेरो कुरा सुनेर खुब खुलेर हासिन् उनी।उनको त्यो हाँसेको अनुहार हेर्न साइड मिरर मिलाएर क्लियर नदेखिए नि अलि अलि देखिएकै थियो।उनले भनिन् ‘खुब हँसाउनु भो।’ अनि मैले भनेँ, ‘हाँस्नुस मजाले, स्वास्थको लागि फाइदा नै हुन्छ।’ अनि मैले फेरि सोधेँ ‘कति वर्ष भो तपाई नेपालगन्ज बस्न लाको?’‘५ वर्ष भैसक्यो’ भनिन्। अगाडि बढेकै थियौँ हामी आफ्नै गतिमा… एकछिन मौन भयौँ अनि बाइकको अलि स्पिड नि बढ्यो।घोडाघोडी तालको बाटो हुँदै सुख्खड, सांढेपानी मुढा हुँदै बर्दगोरिया अनि लम्की पुगियो। लम्कीमा अलि बाइक स्लो भयो, अलि भीडभाड भएकै कारण। उनले मौका पाउने बित्तिकै फेरि प्रश्न गरीहालिन्, ‘नास्ता खाने की?’मैले चिसापानीमा खानु पर्छ भनेँ। उनले हुन्छ भनिन् अनि अगाडि बढेँ। मनमा कुराहरु खेल्न थाले।

अब चिसापानी पुगेपछि त फेस टु फेस कुरा हुन्छ। फेरि सोचेँ, यति राम्री अनि आफैदेखि आफैलाई प्रश्न गरेँ, उनले त केबल लिफ्ट मागेकी हुन्, फेरि यो सबै कुरा मलाई किन चाहियो! नेपालगन्ज पुगेपछि उनी आफ्नो बाटो, म आफ्नो बाटो, किन सबै सोध्नु पर्यो! ह्या केही सोध्दिनँ अब भनेर म ढुक्क भाको थिएँ।‘अनि गाँजल र कपाल त उडिसकेछ त,’ मैले हाँस्दै भनेँ। उन्ले हाँस्दै रुक्नुस्, म मुख धोएर आउछु भनिन्। मुख धोएर आइन् अनि मौकामा उनले हाँस्दै भनिन् ‘नहँसाउनुस् न, सिधा सोध्नुस् न। मेरो बोइफ्रेन्ड छैन, ढुक्क भए हुन्छ।’‘बोइफ्रेन्ड तपाईको छैन, म कसरी ढुक्क हुने,’ मैले भनेँ। अनि उनले फेरि भनिन् ‘भयो, तपाई जति सकिन्न।’मैले भनिहालेँ, ‘फेरि बोलेर त म जति कोही सक्दैन, बोलेर मसँग जित्ने केटी खोज्दैछु।’उनले फेरि हाँस्दै भनिन्, ‘सक्न त म सक्थेँ तर अहिले ट्राइ गर्न मन छैन।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

मैले नि मौकामा भनिहालेँ, ‘समयमै ट्राइ गरिहाल्नुस् क्यारे, अहिले भ्याकेन्सी नि खाली छ।’उनले मेरो प्रश्नको उत्तर केही नदिएर ‘हिन्नु अब’ भनिन्। पैसा तिर्ने समय आयो, मैले पैसा तिर्दैथिएँ मलाई ‘पैसा तिर्न दिनु भएन, पछि कुनै दिन तपाईलाई मौका दिन्छु’ भन्दै आफै तिरिन्।कर्णाली पुलको बीचमा पुगेका थियौँ, बाइक रोक्न भनिन् र गाडीमा यता उता गर्दा फोटो खिच्नै मिल्दैन, एक दुई वटा फोटो खिचेर जाउँ न है भनिन्। उनले आफ्नो मोबाइलबाट मेरो फोटो खिचिन् र मैले मेरो मोबाइलबाट उनको। त्यसपछि हामी हिड्यौँ त्यताबाट। फोटो पछि म्यासेन्जरमा हाल्दिनु होला भनिन्, मैले हुन्छ भनेँ।

उनले मेरो नाम फेसबुकमा सरस्वती नेपालीमा छ अनि पशुपति मन्दिरको अगाडि खिचेको प्रोफाइल छ भनिन्, मैले हुन्छ भनेँ। अब आर्मीको चेक पोस्ट आयो, मैले बाइक रोकेँ, इन्ट्री गराएर आएँ। उनले फेरि मजाकमा या साँच्चै के भनेकी थिन् थाहा छैन। बाइक म चलाउँ भनिन्।जीउ सिरिङ्ग भयो, अँखाबाट कतिखेर आँसु आयो पत्तो नै भएन। अरु धेरै केही सोध्न मन लागेन। उनकी साथीले अर्को म्यासेज गरिन्- तपाई को? मैले म्यासेज सीन गरेर छोडेँ, उत्तर मसँग थियो तर दिनै मन लागेन।जिवनमा धेरै मान्छेलाई लिफ्ट दिइयो तर उनीसँग त्यो बाटोमा बिताएका पल, उनको त्यो एकोहोरो बोलिरहने बानी। दैव पनि कस्तो रैछ, यतिसम्म निष्ठुरी हुने रैछ। ***यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Leave a Reply

Your email address will not be published. Required fields are marked *