बिमानस्थलमा घट्यो अनौठो घट्ना, उड्न लागेको बिमानको पखेटामा एक युवक चढेर गरे यस्तो हर्कत (भिडियो सहित)

रोचक

ला स भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको १३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी गरिरहेको थियो । त्यति नै बेला विमान चालकले एक व्यक्तिलाई विमानमा चढिरहेको देखे र कन्ट्रोल टावरलाई यसबारे जानकारी दिए, अलास्का एयरलाइन्सले एक वक्तव्यमा भनेको छ ।

ला स भेगसको विमानस्थलमा अलास्का एयरलाइन्सको विमानको पखेटामा बस्ने एक पुरुषलाई शनिबार पक्राउ गरिएको छ । विमानस्थलका प्रवक्ताले यसबारे जानकारी दिएका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

सोसल मिडियामा प्रकाशित भिडियोका अनुसार ती व्यक्ति विमानको पखेटामा हिँडिरहेको र बसिरहेको देख्न सकिन्छ । त्यसपछि बोइङ ७३७ को विङ्गलेट (विमानको पुछारमा माथितिर चुच्चो परेको उठेको भाग) चढ्नका लागि उनले आफ्नो जुत्ता र मोजा फुकालेको देख्न सकिन्छ ।

ला स भेगस महानगरीय प्रहरी विभाग र विमानस्थलका अधिकारीले ती व्यक्तिलाई हिरासतमा लिएको विमानस्थलका प्रवक्ता जो राचेलले सीएनएनलाई भने ।प्रहरी अधिकारी पुगेपछि ती व्यक्ति विङ्लेटबाट चिप्लिँदै तल झर्ने कोसिस गरेँ र भुइँमा पछारिए । अधिकारीले उनलाई हिरासतमा लिएर उनको स्वास्थ्योपचारका लागि लगेको राचेलले जानकारी दिए । उक्त घटना पछि विमानको पूरा परीक्षण गरियो र सबैकुरा सही पाइएपछि विमानलाई उडान भर्ने अनुमति दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *