बाँया हातमा कहिलै नलगाउनुहोस् सुन, निम्तिन्छ दुर्भाग्य

रोचक

मानिसहरु सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुनका गहना लगाउन मानिसहरु धेरै सौखिन हुन्छन् । पुरुष भन्दा यसको प्रयोग बढि महिलाले गरिरहेका हुन्छन् । चाडपर्व, बिबाह आदिमा महिलाहरु बढी सुन लगाउछन् ।

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ ।तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ । सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ ।

सुन लगाउने र राख्ने सही विधि जानीराख्नुहोस्ः
ज्योतिषशास्त्रअनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ ।साथै सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ ।सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यदी तपाई दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् ।ज्योतिषशास्त्रअनुसार यसलाई शुभ मानिन्छ । तर गर्भवती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो मानिन्छ भने धेरै सुन लगाउनु अशुभ मानिन्छ ।
सन्तान प्राप्तिका लागि अनामिका औंला (साहिँली) मा सुन लगाउनु शुभ मानिन्छ।

साथै, खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने गरिन्छ ।घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु शुभ मानिन्छ ।सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ ।फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनु अशुभ मानिन्छ। यदी लगाउनै परेमा ज्योतिषसँग सल्लाह गरि लगाउदा राम्रो हुन्छ।

सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । सुनपानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले कान्छी औंलामा सुन लगाउनु लाभदायक मानिन्छ ।कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ ।मोटोपनको समस्या भएका र रिसाहा मानिसले सुन धारण गर्नु उचित मानिँदैन । अत: सुन कहिल्यै पनि अपवित्र नहुने मान्यता छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *