जानीराखौँ, मुखको दुर्गन्धले दिन्छ, यी १० रोगको संकेत !

स्वास्थ्य

काठमाडौँ । व्यस्त जीवनशैली, गलत आहार र दाँतको सफाई नगर्दा अधिकांश समय मुखबाट दुर्गन्ध आउँछ । हामी यसलाई सामान्य समस्या ठानी वेवास्ता गर्छौं तर यो समस्या लामो समय सम्म रहिरहँदा विभिन्न किसिमको रोगको संकेत दिन्छ । चिकित्सकका अनुसार, मुखको दुर्गन्धबाट यी १० रोगको संकेत पहिचान गर्न सकिन्छ ।

१.क्यान्सर
लामो समयसम्म चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसलाई ओरल क्यान्सर हुन्छ । यस अवस्थामा मुखबाट तीव्र दुर्गन्ध आउन थाल्छ ।

२.अपच
शरीरको मेटाबोलिज्म सन्तुलित नहुँदा अपचको समस्या हुनथाल्छ । यस अवस्थामा मुखबाट दुर्गन्ध आउँछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

३.फोक्सोमा इन्फेक्शन
फोक्सोमा इन्फेक्शनको कारण कयौँ पटक श्वासबाट दुर्गन्ध आउँछ ।

४.कलेजोमा इन्फेक्शन
कलेजोमा इन्फेक्शन हुँदा अपचको समस्या हुनथाल्छ र यस अवस्थामा श्वासबाट दुर्गन्ध आउँछ

५.डायबिटीज
डायबिटीजको कारण शरीरमा मेटाबोलिक परिवर्तन हुन थाल्छ । यस कारणले मुखबाट दुर्गन्ध आउन थाल्छ ।

६.किड्नी डिजीज
किड्नी डिजीजको कारण शरीरमा मेटाबोलिक परिवर्तन आउँछ । यसले शरीरमा सुख्खा मुखको समस्या हुन्छ, जसको कारण मुखबाट दुर्गन्ध आउँछ ।

७.गम डिजीज
गम डिजीजको कारण पेरिओडोन्टिक नामक रोग हुनथाल्छ । यो मुखको दुर्गन्धको कारण बन्छ ।

८.इन्फेक्शन
सही तरिकाले ब्रश नगर्दा दाँतमा ब्याक्टेरिया जम्मा हुन्छ । यस अवस्थामा पनि मुखमा इन्फेक्शन हुनथाल्छ र दुर्गन्ध आउँछ ।

९.गिजाको समस्या
गिजामा पेरियोडोन्टल समस्या हुनुको कारण मुखबाट दुर्गन्ध आउँछ । पेरियोडोन्टलको समस्या ब्याक्टेरियाबाट निस्कने चिप्लो तत्वको कारण हुन्छ ।

१०.सुख्खा मुख
सलाइभा हाम्रो मुखलाई सफा राख्छ मुखमा सलाइभा कम बन्नुको कारण जेरोस्टोमिया वा सुख्खा मुखको समस्या हुनथाल्छ, जसका कारण पनि मुखबाट दुर्गन्ध आउँछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *