इजरायलका लागि खुल्यो अबसर, यस्ता मापदण्ड भएका अब सरकारी स्तरवाटै इजरायल जान पाउने

समाचार

काठमाडौं । निश्चित मापदण्ड पुरा गरेकाहरु अब राजगारीका लागि इजरायल जान पाउने भएका छन् । सरकारी स्तरवाटै कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले इजरायल कामदार पठाउन प्रोटोकल स्वीकृत गरेपछि त्यसका लागि वाटो खुलेको हो ।.

“यही साताभित्रै प्रोटोकलमा दुवै देशबीच हस्ताक्षर हुने र केयर गिभर लैजाने प्रकृया सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ । हामीले रोजगारीमा जान चाहनेहरुले अनलाइन र म्यानुअल दुवै तरिकाले निवेदन दिन सक्नेछन् । विभागले त्यसका लागि सिस्टम बनाएको जनाएको छ ।

यसरी रोजगारीका लागि पहिलो चरणमा पाँच सयजना कामदार लौजाने तयारी भएको विभागले जनाएको छ । सरकारी स्तरबाटै कामदार लैजाने तयारी भएकाले इजरायल जान एकदमै कम लागत लाग्‍ने छ । बिमा, टिकट खर्च, कल्याणकारी कोषमा बुझाउनुपर्ने पैसा भने कामदार आफैंले बेहोर्नुपर्ने विभागले जनाएको छ ।

नेपाल र इजरायलबीच सरकारी स्तरमै कामदार लैजाने तयारी असोज पहिलो सातादेखि नै सुरु भएको थियो । निश्चित उमेर, तौल, उचाइ, मेडिकल सर्टिफिकेट, आपराधिक क्रियाकलापमा संलग्न नभएको प्रमाणपत्रलगायत योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनोट भएर जान पाउने विभागले जनाएको छ । तर इजरायल जान कुन भाषा चाहिने भनेर अन्योल छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *