काठमाडौमा जारी जोर बिजोर प्रणालीवारे यस्तो निर्णय हुँदै

समाचार

काठमाडौं । कोरोना जोखिमका कारण लामो समयपछि उपत्यकाका सवारीसाधनमा जारी रहेको जोर(बिजोर प्रणाली हटाउने तयारी भएको छ । शहरमा भिडभाड बढ्दै जाँदा र अन्य ब्यवसायहरु सामान्य अवस्थामा फर्कदा पनि जोर विजोर प्रणाली लागू गरिएको भन्दै विरोध भएको छ ।

देशभर सवारीसाधन निर्वाध सञ्चालन भए पनि काठमाडौं उपत्यकामा भने जोर(बिजोर प्रणाली कायमै छ । कोरोना जोखिम कायम रहेकाले जोर विजोर प्रणाली पनि कायम राखिएको हो । कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर(बिजोर प्रणाली लागु छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोर(बिजोर कायम गर्ने निर्णय गरेका थिए । सिडिओको यस्तो निर्णयको ब्यवसायीहरुले विरोध गर्दै आएका छन् । राजनीतिक दलका नेताहरु भिड भाड सहित प्रर्दशन र राजनीतिक काममा सहभागी हुने तर ब्यवसायी र सर्वसाधारणलाई सवारी साधन पनि चलाउन नदिनु उपयुक्त नहुने भन्दै विरोध गरिएको हो ।

नागरिकका लागि मात्रै जोर(बिजोर लगाउने तर ठूला प्रदर्शन रोक्न नसकेको भन्दै सुरक्षा निकायकै अधिकारीसमेत जोर(बिजोर हटाउने पक्षमा रहँदै आएका थिए ।अब अवस्थाको मुल्याकंन गरेर जोर विजोर हटाउने तयारी थालिएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *