सम्बन्ध बिच्छेद भएको ३ बर्षपछि मनोज गजुरेलले श्रीमतीलाई लेखे यस्तो पत्र, गरे यस्तो घोषणा

समाचार

काठमाडौँ – सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने भएका छन् । उनले अदालतसामु नखुलाएको सम्बन्ध विच्छेदको कारण अब खुलाउनुपर्ने अवस्था आएकाे पनि उल्लेख गरेका छन्।

सोमबार बेलुका फेसबुकमार्फत् विभिन्न माध्यमबाट आउने गा’ली बे’इज्ज’ती र अनावश्यक त’नावको श्रृंखला बढ्दै गएकाले त्यसले परिवारसमेतलाई असर पारेको भन्दै कानुनी रूपमै आ-आफ्नो बाटो लागिसकेपछि पनि विभिन्न आरोप प्रत्यारोप आउन थालेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको उनले बताएका छन्।

यतिका समयसम्म चुप बस्नुको कारण दुई सन्तानको अभिभावकको जिम्मेवारीको कारण भएको बताएका छन्। तर यसको नराम्रो प्रभाव आफ्नो सन्तानमा परेको र पारिवारिक माहोल बिग्रन लागेको भएर पनि आफू कानूनी उपचारमा जान लागेको उनले उल्लेख गरेका छन्।

हाँस्यकलाकार गजुरेलको तीन वर्ष अगाडि आफ्नो वैवाहिक सम्बन्धलाई कानूनी रुपमा टुंगाएका थिए। त्यतिबेला छोरा मनोजसँग बस्ने र छोरी मिनासँग बस्ने भनेर सम्झौता भएको थियो। तर गजुरेलले छोरी ८ महिनामा नै घर फिर्ता आएको र लेनदेनको नाममा लागेको अंश बाहेक अरु लेनदेन नरहेको पनि उल्लेख गरेका छन।

सामाजिक सञ्जालमा भईरहेको अनावश्यक टिप्पणी, युट्युबमा बाबुनानीहरुको फोटोको दुरुपयोगले आफ्ना सन्तानको पढाई र जीवनमा पनि आ’घात परिरहेको पनि बताएका छन्। उनले लेखेको स्ट्टाटस यस्तो छ,

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गा’ली बे’ईज्ज’ती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गा’ली बे’ई’ज्ज’ती, अनावस्यक त’नावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बा’ध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।

२. सकिएकाे सम्बन्धकाे अाधारहिन अाराेप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन अाबश्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आ’घात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे अाग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *