कल गर्लहरुलाई सरकारले मासिक ८ हजार भत्ता दिने, बच्चा भएकालाई थप ५ हजार

रोचक

काठमाडौं । कल गर्लहरुलाई सरकारले मासिक ८ हजार भत्ता दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण उनीहरुको पेसा संकटमा परेको भन्दै भारतको महाराष्ट्र सरकारले कल गर्लहरुका लागि ठूलो घोषणा गरेको हो ।

महाराष्ट्रको उद्धव ठाकरे सरकारले बिहीबार घोषणा गरेको छ कि महाराष्ट्रमा अक्टोबरदेखि डिसेम्बर सम्म यो पेसा गर्ने महिलालाई मासिक ८ हजार रुपैयाँको आर्थिक सहयोग दिइनेछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

जानकारी अनुसार घरमा बच्चा भएकाहरुले थप झण्डै ४ हजार रूपैयाँ पाउने भएका छन् । अत्तिरित्त रकम स्कूल जाने बच्चाहरुका लागि हो । राज्य महिला तथा बाल विकास मन्त्रालयले बिहीबार यो जानकारी दिएको हो ।

मन्त्रालयले करिब ३१ हजार कल गर्लहरुको पहिचान गरिएको जनाएको छ । महिला तथा बाल विकास मन्त्रालयले स्पष्ट पारेको छ कि अक्टुबर देखि डिसेम्बर सम्मको मात्रै भत्ता दिइने भएको छ ।

कोरोनाको तेस्रो लहर भारतका धेरै राज्यहरूमा शुरू भएको छ । कोरोना संक्रमितहरुको संख्या फेरि तिव्र रुपमा बढिरहेको छ । कोरोनाका नयाँ संक्रमितहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेका छन् । मुम्बई, दिल्लीजस्ता ठुला शहरहरूले कोरोना महामारीको सामना गर्दै आएका छन् ।

कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएका छन् । यस संकटमा कल गर्लहरुको आर्थिक अवस्था पनि भयावह भएको छ । उनीहरुका अगाडि जीविका चलाउनको लागि पनि समस्या छ । यस्तो अवस्थामा, महाराष्ट्र सरकारको महिला र बाल कल्याण मन्त्रालयको यो निर्णयले यस पेसामा संलग्नहरुलाई पक्कै ठूलो राहत दिनेछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *