सप्तरीमा भयो नसोचेको डरलाग्दो घटना, एक महिलाको मृत्यु

समाचार

काठमाडौं । सार्वजनिक पोखरीमा माछाका विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद उग्र हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । सो विवादमा अन्य चार जना घाइतेसमेत भएका प्रहरीले जनाएको छ ।

त्यसमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक साहका अनुसार सार्वजनिक पोखरीमा माछाका विषयमा आइतबार दिउँसो स्थानीयवासीबीच विवाद भएको थियो ।

सो विवाद बढ्दै जाँदा रातिसम्म दोहोरो हात हालाहाल भएको जनाइएको छ । दुवै पक्षले भाटालगायतका घरेलु सामग्री बोकेर मैदानमा उत्रिएपछि झन वादविवादले उग्ररुप लिएको हो ।

सोही क्रममा घाइते भएकी गङ्गीयादेवीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान कार्य थालिएको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिनुभयो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *