खाना पकाउने ग्यास लिक भई भक्तपुरमा भिषण आगलागी

Uncategorized

काठमाडौं । चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको छ । आगलागीबाट रु ११ लाख ८६ हजार ५०० बराबरको धनमाल जलेर नष्ट भएको छ ।आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *