कतारमा नि’धन भएको ७ वर्षपछि पदमबहादुरको परिवारले पायो झण्डै ४५ लाख

समाचार

काठमाण्डौ – कमाउन गएको जेठो छोरो कतारमै अस्ताएको ७ वर्षपछि इलामका बलबहादुर राईलाई उनै जेठो छोराको नाम लिएर गएको भदौमा कसैले सोधे, ‘तपाईँ पदमबहादुर राईको बुवा हो?’ पदमबहादुर झस्कनु भयो । सोच्नुभयो – ‘यतिका वर्षपछि मेरो नानीको नाम लिएर किन सोधेको होला ?’ मनमा शंका सहित मलिन स्वरमा जवाफ दिनुभयो – ‘हो ।’

उहाँलाई खोज्दै आउने पालिकाका प्रतिनिधि थिए। छोरो कतारबाट बाकसमा फर्केको सात वर्षपछि परिवारलाई खोज्दै पालिकाका प्रतिनिधि आउनुको कारण –थियो क्षतिपूर्तिवापतको रुकम बुझाउनु। ‘छोरो बितेको पनि सात वर्ष भइसकेको थियो, हामीलाई त त्यस्तो पैसा आउँछ भन्ने पनि थाहा थिएन, त्यत्रो धेरै पैसा आएको रहेछ,’ बलबहादुरले भन्नुभयो, ‘छोराको नाममा झण्डै ४५ लाख रुपैयाँ आएको छ भन्दा त सपना जस्तो लाग्यो नि ।’

लाग्न त बलबहादुरलाई आज पनि आफ्नो छोरो सपनाहरु अधुरै छाडेर कतारमा बित्यो जस्तो लाग्दैन। परदेशिने बेला घरको दुःख पन्छाउने, राम्रो न्यानो घर बनाउने र भविष्यका लागि बचत गर्ने पदमबहादुरको सपना थियो । करार अवधि भित्रै पदमबहादुरको कता रमा ज्या’न गएको हुँदा उहाँको परिवारले वैदेशिक रोजगार बोर्ड र बीमामार्फत पनि रकम पाउने थियो ।

तर जानकारीको अभावमा बोर्ड र बीमा मार्फत पाउने सहायता रकम भने दावी गर्ने समय गुज्रि सकेको थियो । तर कतारमा कामकै सिलसिलामा ज्यान गु’माएकाले क्षतिपूर्ति बापत कतारबाटै सात वर्षअघि नै ४४ लाख ९९ हजार ८६६ रुपैयाँ पदमबहादुरको नाममा परराष्ट्र मन्त्रालयमा आयो । परराष्ट्रले पदमबहादुरको गृह जिल्ला इलाम भएकाले जिल्ला प्रशासन कार्यालय इलाममा पैसा पठाइदियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

पैसा पदमबहादुरको नाममा आए पनि इलामकै भए पनि परिवारको सही ठेगाना र सही नाम नहुँदा प्रशासन कार्यालयले पदमबहादुरको परिवार खोज्न सकेन । छोरो बितेको सात वर्षपछि झण्डै ४५ लाख रुपैयाँ रकम पाउँदा परिवारमा राहत मिलेको पदमबहादुरका भाइ वीरमान राई बताउनु हुन्छ । आप्रवासी स्रोत केन्द्र इलामका अनुसार पदमबहादुरसहित अन्य केही व्यक्तिको नाम थर ठेगाना नमिलेर रकम बुझाउन नसकिएको जानकारी स्रोत केन्द्रमा आयो ।

केन्द्रले यसबारे सहजिकरण गर्ने विषयमा छलफल गर्‍यो । स्रोत केन्द्रले प्रशासन कार्यालयमा थप सहजीकरण गर्नुको साथै पालिका, सेवाग्रही, समाज सेवी लगायत विभिन्न ठाउँमा यस विषयको सूचना सम्प्रेषण गर्‍यो । यसै क्रममा इलामकै रोङ गाउँ पालिकासँगको समन्वयमा आप्रवासी स्रोत केन्द्रले नै पदमबहादुरको परिवार पत्ता लगायो ।

जिल्ला प्रशासन कार्यालय इलामले पदमबहादुरको परिवार नभेटेपछि परिवार भेट्न असमर्थ भन्दै परराष्ट्रलाई चिठी पनि लेखिसकेको थियो । तर केन्द्रको समन्वयमा नै पदमबहादुरको परिवारले सात वर्षपछि गएको असोजमा रकम पाएको छ। छोरो बितेको सात वर्ष पछि झण्डै ४५ लाख रुपैयाँ रकम पाउँदा परिवारमा राहत मिलेको पदमबहादुरका भाइ वीरमान राई बताउनुहुन्छ । उज्यालो अनलाईनमा खबर छ । फाइल फाेटाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *