रेडलाइट एरियाका युवकले आफ्नो आमाबुवा सनि लियोनी र इमरान हासमी भनेपछि बलिउडमा हंगामा…

बलिवुड

एजेन्सी । रेडलाइट एरियामा जन्मिएका एक युवकले आफ्नो आमाबुवा बलिउड कलाकार सन्नी लियोनी र इमरान हाजमी हो भनेपछि बलिउडमा हंगामा भएको छ । विहारको एक कलेजका विद्यार्थीले आफ्नो एडमिट कार्डमा बुवाको नामको ठाउँमा बलिउड अभिनेता इमरान हासमी र आमाको नामको ठाउँमा सन्नी लियोनी भनेर लेखेका छन् ।

सो कुरा सार्वजनिक भएपछि अहिले बलिउडमा हंगामा भएको छ । धनराज महतो डिग्री कलेजमा बीए दोस्रो वर्षमा अध्ययनरत २० वर्षीय कुन्दन कुमारले आफ्ना आमाबुवा सनि र इमरान भएको दावी गरेका छन् । यि युवकको एडमिड कार्ड यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कार्ड भाइरल भएपछि कलाकारहरुले पनि प्रतिकृया जनाएका छन् । इमरानले उनी आफ्नो सन्तान नभएको बताएका छन् । त्यस्तै यस दाबीबारे सन्नी लियोनीले पनि प्रतिक्रिया जनाएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘ठूलो सपना देख्ने बाटोमा, हाहा‘।। ।’ गत हप्ता इमरान हास्मीले पनि यसबारे प्रतिक्रिया जनाउँदै ‘भगवान कसम, मेरो बच्चा होइन’ भन्ने प्रतिक्रिया दिएका थिए ।

उक्त एडमिट कार्डबारे थाहा पाएपछि बाबसाहेब भीमराओ अम्बेडकर विहार विश्व विद्यालयका अधिकारी नै आश्चर्यचकित छन् । कुन्दनले बुवा र आमा भनेर इमरान र सन्नीको नाम लेख्नुका साथै आफू बस्ने स्थानमा चतुरभुज स्थान लेखेका छन् । रोचक कुरा, यो एक रेड लाइट क्षेत्र हो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *