आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै

बलिवुड

काठमाडौं । आज विश्वभर मानसिक स्वास्थ्यलाई लिएर धेरै समस्याहरु उठ्न थालेका छन् । यो बीचमा चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान १४ वर्षको उमेरमा डिप्रेसन र गलत व्यवहारको च’पेटामा ‘परे’की थिइन् । डिप्रेसनमा पुगेको कुराको खुलासा गरिसकेपछि इराले अब त्यससँग सम्बन्धित भिडियोहरू बनाएर चेतना फैलाउने काम पनि जारी राखेकी छिन् ।

यसै बीच, इराले एक नयाँ भिडियो साझा गरेकी छिन् । भिडियोमा उनले आफु चार वर्षसम्म डिप्रेसनमा भएको बताएकी छिन् । उनले गत एक वर्षदेखि राम्रो महसुस गर्दैछिन् । इराले डिप्रेसनको कुरा आफ्ना आमाबुवा र सौतेनी आमा किरण रावसँग साझा गरेकी थिइन् । जसमा किरणले उनलाई धेरै राम्रा सल्लाह दिएका थिइन् ।

डिप्रेशनको कुरा गर्दै, इराले भर्खरै इन्स्टाग्राम खाताबाट एक नयाँ भिडियो जारी गरेकी छिन् । यसमा उनले भनेकी छिन, ‘जब मैले पहिलो भिडियो बनाएँ, कमेण्ट सेक्सनमा मानिसहरूले मलाई सुझाव दिए कि आफैंलाई व्यस्त राख्नुहोस्, वर्कआउट (व्यायम) गर्नुहोस्, सकारात्मक हुनुहोस् । मलाई चिन्ने व्यक्तिहरू जान्दछन् म आफैलाई कति व्यस्त राख्छु र म कति वर्कआउट गर्छु ।

म यी चार बर्षमा बिभिन्न डाक्टरहरूमा गएँ । मेरा आमाबुवा र किरण आन्टीबाहेक सबैले मलाई अति नै लाभदायी सल्लाह दिए । बिस्तारै सुरु गर्नुहोस, यति व्यस्त नहुनुहोस् । एउटा काम छोडेर तत्काल अर्को सुरू नगर्नुहोस् ।’

इरा भन्छिन् मलाई कसरत गर्न डर लाग्छ
इराले भिडियोमा थप उल्लेख गरेकी छिन्, ‘मेरा लागि व्यस्त रहनु भनेको म चाहेको भन्दा ठिक विपरित थियो । मैले धेरै कसरत गरे, अब म वर्कआउट गर्न डराउँछु ।

म बलियो हुन चाहन्छु तर म वर्कआउट गर्न डराउँछु । यो एक ठूलो समस्या हो । मानिसहरू भन्छन कि सकारात्मक रहनुहोस् तर म आफैंलाई सकारात्मक हुन बाध्य पार्न सक्दिन् । प्रत्येक व्यक्तिको डिप्रेसन फरक हुन्छ, सबैलाई बिभिन्न प्रकारको सल्लाह चाहिन्छ ।’

इरा निरन्तर मानसिक स्वास्थ्यसँग सम्बन्धित आवाश्यक कुराहरु साझा गर्दै मानिसहरूमा चेतना फैलाउने प्रयास गरिरहेकी छन् । यसको लागि, उनले आफ्नो कथा र अनुभव बताउन उत्तम तरिका ठानेकी छिन् । आमिरकी छोरी विगत ४ बर्षदेखि डिप्रेसनमा थिईन् । अहिले पनि उनको उपचार भइरहेको छ । हालैका वर्षहरुमा इरा ठिक हुँदै गएको बताइएको छ ।

इरालाई आफु डिप्रेसनमा जानुको कारण थाहाँ छैन
१० अक्टुबरमा मानसिक स्वास्थ्य दिवसको अवसरमा इराले सामाजिक सञ्जालमा आफ्नो उदासिनता प्रकट गरेकी थिइन् । उनले आफ्नो उदासिनताको कारण थाहा नभएको पनि बताएकी थिइन् । जब उनी १४ बर्षको मात्र थिइन, उनको आफन्तहरूले उ’नलाई शा’रीरिक दु’र्व्यव’हार ग’रे, यद्यपि यो डिप्रेसनको कारण होइन ।

इराले उनका आमा बुबाको सम्बन्धविच्छेद वा छुट्टिनु कुनै ठूलो कुरा थिएन किनकि यो आपसी सहमतिबाट भएको भन्दै त्यसबाट पनि आफु डिप्रेसन गएको भन्ने कुरा गलत्त भएको बताएकी छिन् । तर कारण के हो म आफैलाई थाहा छैन । सायद सानो उमेरमा भएको त्यो गलत ब्यवहार चै हो की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *