आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप, ५ जना घाइते

समाचार

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच बिहिबार झडप भएको छ । झडपमा ५ जना कानुन व्यवसायी घाइते भएका छन्।

घाइते हुनेहरुमा बारका महासचिव लिलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई रहेको जनाइएको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गरिरहेका छन् । यस्तै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । बिहिबार धर्नामा बसेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको हो।

जुबेदलाई ट्वाइलेट गराएर निकालियो आधा किलो सुन:

काठमाडौं। नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गरेको प्रहरीले बुधबार भने मलद्वारमा लुकाएर सुन ल्याएको फेला पारेको हो।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे मलद्वारमा लुकाएर सुन ल्याएको पाइएपछि भारतीय नागरिक मोहमद जुबेदलाई पक्राउ गरेको हो । उनी दुबईबाट फ्लाइ दुबई एयर हुँदै नेपाल आएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जुबेदको हाउभाउ शंकास्पद लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सुन ल्याएको पाइएको बताए।

‘उनको हाउभाउ, हिडाइ शंकास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुन ल्याएको खुल्यो,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बाँस्तोलाले भने।

सोधपुछका क्रममा उनले आफूले मलद्वारमा सुन लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले उनलाई थप सोधपुछ गरेका थिए । उनले सुन तस्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशामार्फत सो सुन निकालेको थियो । सो क्रममा सुनका तीनवटा बिस्कुट भेटिएको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

Leave a Reply

Your email address will not be published.