सिंगापुर जाने लोभमा युवती ३ लाख ३१ हजार ठगिइन्

समाचार

काठमाडौ । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यसैगरी बाराका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि ल्याएको करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न सामान आइतबार र सोमबार प्रहरीले बरामद गरेको छ ।*भिडियो हेर्न तल क्लिक गर्नुहोला *

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि ल्याएको ४ लाख ५० हजार रुपैयाँ बराबरको बिभिन्न तयारी कपडा, १ लाख ५० हजार रुपैयाँ बराबरको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएको करीब २ लाख ५० हजार रुपैयाँ बराबरको ४ थान मोटरसाइकल फेला पारी बरामद गरेको हो ।

बरामद समानको साथै तस्करीमा संलग्न पर्सा वीरगंज महानगरपालिका-१ छपकैया बस्ने ३२ वर्षीया रुवि खातुन समेतलाई पक्राउ गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यता काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेल पिपलबस्ती डेरा गरी बस्ने खोटाङ ऐसलुखर्क गाउँपालिका-१ घर भएकी ३० वर्षीया जुनुराज भण्डारीको कोठाबाट कोही नभएको अवस्थामा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको २ तोलाको सुनको सिक्री सोमबार दिउँसो चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी च्याउडाँडा बस्ने दिक्षा कुँवरको घरबाट नगद १ लाख ३५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ३ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।*भिडियो हेर्न तल क्लिक गर्नुहोला *

Leave a Reply

Your email address will not be published. Required fields are marked *