कोभिडले फोक्सोमा क्षति पुर्‍याउने नयाँ तथ्य पत्ता लाग्यो, तीन महिना सम्म पनि हुन्छ यस्तो असर

स्वास्थ्य

बीबीसी । कोरोना भाइरसबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर बिरामी भएको तीन महिनासम्म पनि देखा पर्ने गरेको नयाँ रिसर्चमा पत्ता लागेको छ । अक्सफोर्ड युनिभर्सिटीका बिरामीमा गरिएको यस अध्ययनमा भिन्दै किसिमको ‘स्क्यानिङ प्रक्रिया’ मार्फत कोभिडका कारण फोक्सोमा भएको क्षति पहिचान गरिएको हो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यसमा फोक्सोमा पुगेको असरका तस्बिरहरु निकाल्न ‘एमआरआई स्क्यान’का बेलामा ‘जेनन ग्यास’को प्रयोग गरिएको थियो । फोक्सोका विशेषज्ञहरुले बताए अनुसार यो टेस्टले कोभिडका कारण हुने दीर्गकालीन क्षति पत्ता लगाउन सक्ने हुँदा यसले बिरामीमा धेरै ठूलो फरक पार्न सक्छ ।

अनुसन्धानका नेतृत्वकर्ता प्रोफेसर फर्गस ग्लीसनले १९ देखि ६९ वर्षका दश बिरामीहरुमा यो ‘स्क्यानिङ टेकनिक’ प्रयोग गरेका हुन् । जसमध्ये आठ जनामा सास फेर्न गाह्रो हुने, कोरोनाबाट संक्रमित भएको तीन महिनापछि पनि अधिक थकान महसुस हुने गर्दथ्यो जबकी उनीहरु मध्ये कसैलाई पनि अस्पताल भर्ना गर्नु र इन्टेसिभ केयर या भेन्टिलेसनको आवश्यकता परेको थिएन । सामान्य स्क्यानमा तिनको फोक्सोमा कुनै समस्या देखा परेको थिएन ।

कोभिड–१९ हुँदा विशेषगरी ६० वर्षभन्दा माथिको उमेरकाहरुमा गम्भीर बिरामी पर्ने र मृत्यु हुने हुन्छ तर यो ट्रायलमा पत्ता लागे अनुसार यसरी वास्तवमै ठूलो दायराको उमेर समूहमा फोक्सो क्षति हुने र अस्पताल भर्ना हुनु नपरेकाहरुमा पनि लामो समय असर पर्छ भने कोभिड सम्बन्धी हाम्रो बुझाइमा यसले ठूलो परिवर्तन ल्याउने प्रोफेसर ग्लीसनले बताए । उनका अनुसार यो नयाँ स्क्यानले फोक्सोमा जुन किसिमको असर देखाएको छ, लङ कोभिड त्यही कारणले भएको हुन सक्छ जसमा बिरामी संक्रमित भएको लामो समयसम्म पनि पूर्ण रुपमा ठीक हुन सक्दैनन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *