महिलाले आफैंलाई चिहानमा गाडेर १८ करोड कमाइन्, ९ वर्षपछि यसरी भयो खुलासा

रोचक

काठमाडौं। पैसा कमाउनको लागि मानिसहरुले अनेकौं उपाय अपनाउँछन् । तर, एक महिलाले त पैसाको लागि आफैंलाई मरिसकेको प्रमाणित गरेर पैसा हात पारेको खुलासा भएको छ । उनको यो अपराधको खुलासा घटनाको ९ वर्षपछि अहिले भएको हो । पाकिस्तानकी यी महिलाले पैसा हात पार्नको लागि जुन उपाय अपनाइन त्यसको बारेमा थाहा पाउँदा मानिसहरु चकित परेका छन् ।

हिन्दूस्तान टाइम्सको रिपोर्टअनुसार यी महिलाले आफ्नो जीवन बिमाको पैसा हात पार्नको लागि आफ्नै मृत्युको नाटक रचिन् र यो नाटकबाट उनी पैसा हात पार्न सफल पनि भइन् । ती महिलाले १.५ मिलियन डलर (झण्डै १८ करोड रुपैयाँ)को जीवन बिमा गराएकी थिइन् । अहिले ती महिलाले बिमा कम्पनीलाई ठगी गरेको खुलासा भएपछि अधिकारीहरुले महिलामाथि कारवाहीको प्रक्रिया अगाडि बढाएका छन् ।,,,भिडियो हेर्न तला क्लिक गर्नुहोला,,, 

महिलाले आफूलाई मृत घोषित गरेपछि उनका छोराछोरीले उनको मृत्यु भएको कागजपत्र पेश गरेर बिमा रकम दावी गरेका थिए । पाकिस्तानको संघीय जाँच एजेन्सी एफआइएका एक अधिकारीका अनुसार यी महिला २००८ र २००९ मा गरी २ पटक अमेरिका यात्रामा गएकी थिइन् । यस क्रममा उनले आफ्नो नाममा २ जीवन बिमा गराएकी थिइन् । २०११ मा उनले एक जना डाक्टरसहित पाकिस्तानका केही स्थानीय अधिकारीहरुलाई घुस दिएर आफ्नो नाममा मृत्यु प्रमाणपत्र जारी गराइन् ।

उनको मृत्यु प्रमाणपत्रसहितका दस्तावेजमा उनको शवलाई कहाँ गाडिएको छ भन्ने समेत उल्लेख थियो । यही प्रमाणपत्र र अन्य दस्तावेजका आधारमा महिलाका छोराछोरीले बिमा रकम दावी गरे र रकम हात पार्न सफल पनि भए । मृत घोषित भइसकेपछि पनि ती महिलाले कराँची अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा १० पटक विदेश यात्रा गरिन् । तर, एयरलाइन्स कम्पनीसहित विमान यात्रासँग सम्बन्धितहरुले पनि उनको धोकाको पहिचान गर्न सकेनन् ।

अधिकारीका अनुसार यो अवधिमा महिला फरक फरक ५ देशको यात्रामा गएकी थिइन् तर हरेक पटक उनी फर्किएर घर आइन् । एफआइएले अब महिला, उनका छोरा र छोरी, केही स्थानीय अधिकारी र एक डाक्टरविरुद्ध आपराधिक मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ । अधिकारीका अनुसार अमेरिकी अधिकारीहरुले यी महिलाबारे सचेत गराएपछि पाकिस्तानी अधिकारीले जाँच सुरु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *