फ्लू र क्यान्सरले थलिएकी १०२ वर्षीया वृद्धाले कोरोनालाई २ पटक जितेर यी तथ्यलाई गलत सावित गरिन्

अन्तरास्टिय

काठमाडौं । अहिले विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) उमेर धेरै भएकाहरुका लागि एक चुनौतीका रुपमा रहेको छ । तर यस मिथ्या हल्लालाई गलत बनाउने केहि त्यस्ता घटनाहरु पनि भएका छन्, जसले सबैलाई हैरान बनाएका छन् ।

अमेरिकाको न्यूयोर्कमा बस्ने एक १०२ वर्षीया वृद्धा महिलाले दुई पटक कोभिड–१९ लाई जित्न सफल भएकी छिन् । दुई पटक कोरोना संक्रमित भए पनि उनले कोरोनालाई हराउन सफल भएकी हुन् । उनले सहजै यो भाइरसको असरलाई पार लगाएपछि बृद्ध व्यक्ति र दुई पटक कोरोना लागेमा ज्यान नै जोखिममा भन्ने मिथ्या हल्ला मात्र भएको सावित भएको अमेरिकी सञ्चार माध्यमहरुले प्रकाशन, प्रशारण गरिरहेका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

अमेरिकी सञ्चारमाध्यमका अनुसार १०२ वर्षीया एन्जेलिना फ्राइडम्यान, जसले यो भन्दा पहिले सन् १९१८ स्पेनिश फ्लू र क्यान्सरलाई पनि हराउन सफल भएकी थिइन् । पहिलो मार्चमा उनी पहिले पटक कोरोना संक्रमित भएकी थिइन् । पहिलो पटक संक्रमित हुँदा उनले तुलनात्मक रूपमा केहि लक्षणहरु अनुभव गरेकी थिइन् ।

उनकी छोरी जोआन मेरोलाले एनबीसीलाई बताइन्, ‘उहाँमा पहिलो पटक लक्षणहरु देखा परेका थिए । आमामा भएको सबैभन्दा खराब लक्षण भनेको ज्वरो हो जुन १० दिनसम्म चल्यो ।’ उनका अनुसार अक्टूबरमा दोस्रो पटक उनी कोभिड–१९ बाट संक्रमित भएकी थिइन् । छोरीका अनुसार जन्मदिनको केही समयअघि, उनी गम्भीर बिरामी परेकी थिइन् ।

छोरीले थप्दै भनिन, ‘उहाँलाई खोकी थियो, उहाँ सुस्त हुनु भएको थियो । आमालाई फेरि ज्वरो आएको थियो । पहिलो पटक धेरैलाई थाहा थिएन आमा बिरामी हुनुहुन्थ्यो ।’ उनले आमामा कम सुन्ने र कम देख्ने समस्या रहेको पनि बताइन् ।उनी भन्छिन्, ‘मेरी आमाले उनको जीवनमा धेरै कुरा गरिरहनुभएको छ । तपाईले हरेस खान सक्नुहुन्न । तपाईले लडाँई गर्नुपर्नेछ । मेरी आमाले जिउँदो बाँच्ने इच्छा पाउनुभयो, मैले पहिले कहिल्यै देखेको छैन ।’ अहिले यो घटनाले विज्ञानलाई पनि चुनौती दिएकी छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *