सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

बलिवुड

काठमाडौं । बलिउडका चर्चित अभिनेता सलनमान खानसँग नाम जोडिएका एक कलाकारकी पत्नीले गम्भीर खुलासा गरेकी छिन् । हिन्दी फिल्मका लोकप्रिय संगीतकार वाजिद खानकी पत्नीले धर्म परिवर्तन लगायत कुराहरुमा आफुमाथि बल प्रयोग गरिएको आरोप लगाएकी छिन् ।

तपाईंलाई जानकारी गराउ कि ४२ वर्षको उमेरमा १ जुन, २०२० मा वाजिदको मिर्गौलामा संक्रमण भएर मृत्यु भएको थियो । साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले चर्चित दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ’ गीत सलमानले गाएका थिए ।

वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनले सलमान खानका धेरै चलचित्रका गीतहरुमा संगीत दिएका थिए । उनको मृत्यु भएको लामो समयसम्म मौन रहेकी उनकी पत्नी अचानक यस्तो आरोपसहित सार्वजनिक भएपछि सबै हैरान भएका छन् ।

वाजिदको मृत्युपछि उनकी श्रीमती कमलरुखको जीवन कठिनाइहरूले भरिएको भन्दै वेदना व्यक्त गरेकी छिन् । कमलरुखले वाजिदको परिवारमाथि गलत व्यवहार गरेको लगायत धेरै आरोप लगाएकी छिन् । वाजिद खानकी श्रीमती कमलरुखले सामाजिक सञ्जाल इन्टाग्राममार्फत यस्तो खुलासा गरेकी हुन् ।

उनलाई वाजिदको परिवारले इस्लाम धर्ममा आउन बाध्य पारेको छ । उनि पतिको निधनबाट उम्कन सकेकी छैनन् तर वाजिदको परिवारले उनलाई सताइरहेको छ । उनले व्यक्त गरेको भावनात्मक लामो पोस्टको सानो अंश यस्तो रहेको छ :

मेरो नाम कमलरुख खान हो र म स्वर्गीय संगीतकार वाजिद खानकी श्रीमती हुँ । विवाह हुनु अघि, म उहाँसँग १० बर्षको सम्बन्धमा थिएँ । म पारसी हुँ र उनी मुसलमान थिए । हामीलाई कलेजका प्रियहरू भनियो ।

हामीले विवाह गरेको बखत पनि हामीले यो विशेष विवाह ऐन अन्तर्गत गरेका थियौं । म ईन्टर्कास्ट (अन्तरधार्मिक) विवाह पछि धर्मको आधारमा कसरी भेदभावको सामना गर्दैछु भन्ने सन्दर्भमा म आफ्नो अनुभव बाँड्न चाहन्छु, जुन धेरै लाजमर्दो छ र यसले सबैको आँखा खोल्ने छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *