कमेडियन कपिल शर्मा जब सामाजिक सञ्जालमा कमेण्ट गर्ने बिरुद्ध आफै उत्रिए, त्यसपछि जे भयो

बलिवुड

काठमाडौं । भारतमा अहिले करोडौं किसानहरु सडकमा निस्केका छन् । भारतको केन्द्रमा रहेको भारतीय जनता पार्टी (भाजपा) को सरकारविरुद्ध किसानहरु भारतका विभिन्न ठाउँबाट विरोध प्रदर्शन गरिरहेका छन् । भारत मात्रै होईन विश्वभर नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेको छ ।

क्यानडा, बेलायत लगायत देशहरुमा मोदी सरकारको कडा आलोचना भइरहेको छ । ति देशका सांसद, मन्त्री क्यानडाका त प्रधानमन्त्री जस्टिन ट्रुडो नै अगाडि आएका छन् । यो बीचमा भारत पञ्जाब राज्यका दर्जनौ कलाकारहरुले मोदी सरकारमाथि प्रश्न गर्न थालेका छन् ।

चर्चित हास्य कलाकार कपिल शर्माले प्रायः भारतमा भइरहेका हरेक मुद्दाहरूको बारेमा आफ्नो राय व्यक्त गर्दै आएका छन् । हालै कपिल शर्माले मुलुकमा चलिरहेको किसान आन्दोलनका बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै भने कि यसलाई राजनीतिक मुद्दा बनाउनु हुँदैन । कपिलको यस बयानमा एक ट्रोलरले उनको अपमान गरेर उनलाई राजनीतिक छोडेर कमेडी गर्न सल्लाह दिएका थिए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यसमा कपिलले एक हास्यास्पद जवाफ दिए र ट्रोलरको मुख बन्द गरेका छन् । कपिलले किसानहरूको समर्थनमा आवाज उठाए, कपिलले हालसालै आफ्नो सोशल मिडिया खाताबाट लेखे, ‘यो मुद्दा किसानको सवालमा राजनीतिक रंग नदिई कुराकानीको माध्यमबाट सुल्झाउनु पर्छ ।

कुनै पनि मुद्दा यति ठूलो छैन कि यसको कुराकानीबाट हामी कुनै समाधान खोज्न सक्दैनौँ । हामी सबै खेती गर्ने किसान भाइहरूसँगै छौं । यो हाम्रो खाना प्रदायक हो ।’

कपिलको टिप्पणीको जवाफमा एक प्रयोगकर्ताले लेखे, ‘कमेडी गर चुपचाप, राजनीति गर्न नखोज । बढी किसान मैत्री हुन कोशिस नगर, काममा ध्यान देउ जुन तिम्रो काम हो ।’ कपिलले ट्रोलरलाई कडा जवाफ दिएका छन् । उनले यसलाई बेवास्ता गर्नु भन्दा राम्रो जवाफ दिनुमा भलाई सम्झेका छन् ।

यसमा कपिलले लेखेका छन, ‘भाइ, म आफ्नो काम गर्दैछु, कृपया तपाई पनि, देशभक्त लेखेर देशप्रेमी हुँदैन, काम गर र देशको प्रगतिमा योगदान पुर्याउँ । ५० रुपैयाँको रिचार्ज गरेर अनावश्यक ज्ञान साझा नगर । धन्यवाद । जय जवान, जय किसान ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *