यी बलिउड स्टारको लिभ–इन टुगेदर, विवाह र ब्रेकअपबाट तपाईहरुले केही सिक्न सक्नुहुन्छ

बलिवुड

काठमाडौं । पछिल्लो समय नेपालसहित विश्वका धेरै देशहरुमा विवाहपूर्व पनि सम्बन्धमा रहनेहरुको संख्या बढ्दो क्रममा रहेको छ । आज हाम्रो समाज जति नै आधुनिक भए पनि हाम्रो समाजमा ‘लिभ–इन सम्बन्ध’ स्वीकार्य हुँदैन । विवाह हुनु अघि, एउटै छाना मुनि पति र पत्नीको रूपमा बस्ने केटा र केटीलाई लिभ इन सम्बन्ध भनिन्छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

जहाँसम्म, एक लिभ–इन सम्बन्धले एक जोडीलाई कानूनी रूपमा श्रीमान श्रीमती स्वीकार्दैन । सम्बन्धमा संलग्न हुनु अघि उनीहरूको साथीलाई चिन्ने अवसर मात्र दिन्छ । पारिवारिक मान्यता वा अदालती प्रक्रियाहरूमा यो सम्बन्धलाई अझैपनि हाम्रो लगायत धेरै देशमा स्वीकार्य छैन । यद्यपि वर्तमान युवा पुस्ताले लिभ–इन टुगेदर सम्बन्धमा जीवन बिताउनुको पछाडि धेरै तर्कहरू फेला पारेका छन ।

तर सामाजिक वास्तविकता अझै धेरै टाढा रहेको छ । ठुला शहरहरूमा विवाह अघि लिभ–इनमा बस्ने संस्कृति सामान्य भइसकेको छ । यसबाट बलिउड दम्पतीहरू पनि अछुत हुन सकेका छैनन् । यसमा केही जोडीहरुले पछि गएर विवाह पनि गरिसकेका छन् । आज हामी त्यही कुराको जानकारी दिँदैछौ ।

अनुष्का शर्मा र विराट कोहली
बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहली पनि एक जोडी हुन् जसले विवाह गर्नु अघि लिभ इनमा बस्ने निर्णय गरेका थिए । लिभ इन सम्बन्धमा रहँदा, अनुष्का–विराटले एक अर्कालाई चिन्ने मात्रै नभई उनीहरूको आपसी समझदारीको साथ पूर्ण सम्बन्ध विवाहमा परिणत भैसकेको छ । उनीहरु चाँडै नै आमाबाबु बन्ने तयारीमा पनि रहेका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

सैफ अली खान र करीना कपूर
सन् २०१२ मा विवाह गर्नु अघि सैफ अली खान र करीना कपूरले लिभ इन सम्बन्धमा रहने निर्णय गरेका थिए । सैफ र करीनाले लिभ इनमा रहँदै आफ्नो सम्बन्धलाई मात्र समय दिएनन् । तर करीनाले यसलाई लिभ इन सम्बन्धको साथ प्रयास गरेर यसलाई सबैभन्दा रमाइलो अनुभव भनेकी थिइन् । उनीहरुका पनि एक सन्तान जन्मेका छन्, भने अर्को जन्मने तयारीमा रहेका छन् ।

रणबीर कपूर–कटरिना कैफ
जब रणबीर कपूर र कटरिना कैफ डेटिङको हल्लाहरू शुरु भए, ती दम्पतीले केही समयका लागि बान्द्राको एक पश अपार्टमेन्टमा सँगै बस्ने निर्णय गरेका थिए । यद्यपि, ६ बर्षको सम्बन्धमा रहेपछि यो जोडी सधैंभरिका लागि छुट्टिए । यद्यपि, कटरिना कैफले ब्रेकअप पछि आफूलाई सम्हाल्न धेरै समय लिएको थिइन् । उनीहरुको लिभ इन सम्बन्ध विवाहमा परिणत हुन सकेन् ।

अनुराग कश्यप–कल्कि कोचेलिन
अनुराग कश्यप र कल्कि कोचेलिनले चार वर्षको सम्बन्धपछि २०११ मा विवाह गर्ने निर्णय गरेका थिए । तर विवाह भएको दुई बर्ष पछि मात्र अनुराग र कल्की एक अर्काबाट सधैंका लागि छुट्टिएका हुन् ।

यद्यपि यी दुईको छुट्टिनुको कुनै ठोस कारण भने खुल्न सकेको छैन तर उनीहरूको सम्बन्धबाट एउटा कुरा सिक्न सकिन्छ कि कहिलेकाँही लिभ इनमा पनि साथीलाई कुनै कुराहरु मनपर्दैन । कल्किसँगको विवाहपछि अनुरागले अर्को विवाह गरेनन् ।

अर्कोतिर कल्कि कोचेलिनको विवाहबारे कुनै जानकारी आएको छैन । अनुराग कश्यपले कल्कि भन्दा पहिले आरती बजाजसँग विवाह गरेका थिए । उनीहरुको विवाह सन् २००३ देखि २००९ सम्म चलेको थियो । आरती र अनुरागको विवाहपछि एक छोरी (आलिया कश्यप) रहेकी छिन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *