बुवाको भ्यान चोरेर ११ वर्षकी प्रेमिका लिएर १४ वर्षका किशोर भा’गे, १९ सय किलोमिटर पर भेटिए

रोचक

एजेन्सी । आफ्ना बुवाको भ्यान चोरेर ११ वर्षकी प्रेमिका लिएर भा’गे’का एक १४ वर्षका किशोरलाई उनका परिवारले १९ सय किलोमिटर पर फेला पारेका छन् । परिवारले उनीहरुलाई निकै टाढा पुगेपछि फेला पारेका हुन् ।

१४ वर्षका केभिन फिगिउरोसले ११ वर्षकी प्रेमिका लिएर हिडेका हुन् । उनीहरुले तेज गतिमा गाडी चलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि उनीहरुको वास्तविकता खुलेको हो । उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो ।

इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए । किशोरले बुवाको भ्यान चोरेर प्रेमिका लिएर हिँडेका थिए । यी दुईलाई प्रहरीले आइतबार आयोवामा भेटेका हुन् । अब यी दुईलाई न्यूयोर्क लैजाने तयारी गरिँदैछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

प्रहरीका अनुसार ती किशोरले १५० किमी प्रति घण्टाको गतीमा कार चलाएको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । उक्त सडकमा अधिकतम गती १०४ किमि प्रति घण्टा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *