आज सोच्नै नसकिने गरी ह्वात्तै घट्यो सुनको मुल्य

समाचार

सुनको मूल्यमा एकैदिन ३ हजार ४ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको कारोबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

सोमबार ९८ हजार २ सय रुपैयाँ प्रतितोलामा यस्तो सुनको कारोबार भएको थियो ।यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइहेको छ ।

अघिल्लो दिन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन १ हजार २ सय ८५ रुपैयाँ रहेको चाँदीको भाऊ पनि घटेर १ हजार २ सय १५ रुपैयाँमा सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *