आँखाको मुनी देखिएको ‘डार्क सर्कल’ ले लज्जित हुनुभएको छ ? यसरी पाउनुहोस् मुक्ति

स्वास्थ्य

तपाईको आँखाको तल कालो घेरा पर्छ ? यदि पर्छ भने यस्ता कुराको बेवास्ता गर्नुभन्दा कारण पत्ता लगाई यसको समस्याबाट छुट्कारा पाउनुहोस् ।यस्तो नहोस् कि तपाईको बेवास्ताका कारण अनुहारको कालो दागले अनुहारलाई नबिगारोस् । कालो घेरा अनुहारका लागिमात्र होइन, स्वास्थ्यको लागि पनि खतरनाक हुन्छ ।

कालो घेरा हुनाको कारण

कालो घेरा धेरै कारणले हुनसक्छ । कहिलेकाहीँ धेरै तनाव लिनाले पनि आँखाको तल कालो घेरा पर्छ। यसको साथै कम सुत्नाले, हर्मोन बदलिनाले, सही जीवनशैली नहुनाले पनि आँखाको तल कालो घेरा बस्छ।
हुन त अहिले यस्ता समस्याको लागि बजारमा विभिन्नथरीका क्रिमहरु आएका छन् । तर तपाईको अनुहार संवेदनतशिल छ भने यस्ता उत्पादनले असर पनि पर्न सक्छ ।

कालो घेरा हटाउनको लागि गोलभेँडा एउटा उपयुक्त उपाय हो । यसले प्राकृतिक तरिकाले कालो घेरा हटाइदिन्छ । साथै यसको प्रयोगले स्क्रिन फ्रेस बनीरहन्छ । गोलभेँडाको रसको कागतीको एक दुई थोपा मिसाएर लगाउँदा पनि फाइदा पुग्छ ।

आँखाको कालो घेरा हटाउनलाई आलुको प्रयोग पनि गर्न सकिन्छ । आलुको रसमा पनि कागतीको एक दुई थोपा मिसाउनुहोस् र कपासको प्रयोगले मिसिएको रसलाई कालो घेरा भएको ठाउँमा लगाउनुहोस्, जसले यस्ता समस्या रोक्न सक्छ ।

चिसो टी ब्यागको प्रयोग गर्नाले पनि यस्ता समस्याबाट मुक्ति मिल्न सक्छ । टी ब्यागलाई केही समय पानीमा डुबाएर राख्नुहोस् र लगाउनुहोस् । चिसो दूधको लेपले पनि कालो घेरा हट्न सक्छ।सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिस्नुहोस् । त्यो पाउडरलाई थोरै गुलाफ जल मिसाएर लगाउनाले पनि कालो घेरा हट्न मदत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *