काठमाडौँ । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ।निद्रा बोलाउनका लागि केही मान्छे घण्टौंसम्म ओछयानमा यता र उता पल्टिन्छन्। ‘लौन, कुनै जादु मन्त्र पाएदेखि फुस्स निदाउँथे नि’ भनेर कल्पन्छन् यस्ता मान्छे।
यस्ता मान्छेका लागि एउटा जादु उपाय आएको छ। यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ। तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहुन्छ।आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ।
पहिलो, गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग। सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस्।दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग। यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ।
तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग। यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस्। यो उपाय गरेर हेर्नुस् न त एकपटक, तपाई थाहै नलाई निदाउनुहुनेछ।