अमेरिकाको एक सहरमा कुकुर बन्यो मेयर

अन्तरास्टिय

विश्वकै शक्तिशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ र नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

तर त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ । अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्‍याबिट ह्यास सहरमा विल्बर बिस्ट नामको कुकुरले बकाइदा चुनाव जितेर मेयर बनेको हो ।

फ्रेन्च बुलडग नश्लको उक्त कुकुरले जम्मा २२ हजार ९८५ मतमध्ये १३ हजार १४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भयो ।मेयर पदमा निर्वाचित हुनका लागि विल्बरले प्राप्त गरेको मत त्यहाँको निर्वाचन इतिहासमै अहिलेसम्मकै सर्वाधिक मत रहेको बताइएको छ ।

निर्वाचनमा ज्याक र्‍याबिट नामको कुकुर उसको निकटतम प्रतिद्वन्दी बनेको छ ।सन् २०१७ देखि उक्त सहरमा ब्रेन्नेथ पाल्ट्रो मेयरको रुपमा कार्यरत रहेको थियो । स्मरणीय त के छ भने निवर्तमान मेयर पाल्ट्रो पनि कुकुर नै हो ।सहरको राजदूतको रुपमा कार्यरत लेडी स्टोन नामक कुकुरले विल्बर मेयर पदमा निर्वाचित भएको आधिकारिक घोषणा ट्वीटरमा गरको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *