साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढ्यो , कतिमा हुँदैछ कारोबार ?

समाचार

काठमाडौँ, २१ कात्तिक । साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बिहीबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार २ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *