४७ बर्षमा पनि ऐश्वर्याको लठ्ठै पार्ने सुन्दरता, तस्बिरमा हेर्नुहोस्

मनोरञ्जन

कुनैबेला विश्व सुन्दरीसमेत बनेकी बलिउड अभिनेत्री ऐश्वर्या राय उमेरले ४७ वर्ष पुगेकी छन् । एक सन्तानकी आमा ऐश्वर्याको वैशालु रूपरङमा कुनै कमी आएको छैन् ।ऐश्वर्याको सौन्दर्यको जादुले जो कोहीलाई ल’ठ्याउने गरेको छ । एकदम फिट एन्ड फाइन रहेकी उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि निकै सर्तक पनि रहेकी छन् । ऐश्वर्याको सौन्दर्यको रह’स्य उनले जिउने प्राकृतिक जीवनशैली नै हो ।

ऐश्वर्या प्राकृतिक खानपानमा रुची राख्छिन् । तारेको भोजन, जंक फुड, प्याकेज फुड, अ’ल्कोहल, धूम’पान आदि सेवन गर्दिनन् । नियमित रूपले जिम जान्छिन् । हिँड्न रुचाउँछिन् । पावर योगा गर्छिन् । दैनिक योग गर्छिन् ।त्यसो त ऐश्वर्याको सौन्दर्य र फिटनेसमा उनको खानपानले पनि खास भूमिका खेलेको छ । दिनको सुरुआत ऐश्वर्या आफ्नो दिनको सुरुआत एक गिलास मनतातो पानी र मह वा कागतीबाट गर्छिन् । मनतातो पानीमा मह र कागती मिसाएर सेवन गर्दा हाम्रो शरीरको मोटोपन कम हुन्छ ।

नास्तामा ब्राउन ब्रेड– ऐश्वर्या नास्तामा ब्राउन ब्रेड र ओट्स प्रयोग गर्छिन् । यसका साथै उनले एक गिलास दूध पनि लिने गरेकी छन् ।हरेक दुई घन्टामा केही खाने– ऐश्वर्याले हरेक दुई घन्टामा केही न केही खाएकै हुन्छ । यद्यपि, यसका लागि उनले फल र नट्स प्रयोग गर्छिन् ।लन्चमा उसिनेको सब्जी र दाल– ऐश्वर्या आफ्नो लन्चमा उसिनेको सब्जी खाने गर्छिन् । यसको फाइदा के छ भने, उसिनेको सब्जीमा सबै पोषक तत्व सुरक्षित हुन्छ जो सजिलै पच्छ । त्यति मात्र होइन, यसमा फ्याट पनि कम हुन्छ ।

डिनरमा ब्राउन राइस र ग्रिल्ड फिस ऐश्वर्या आफ्नो डिनरमा ब्राउन राइस खान्छिन् । यतिबेला उनलाई ग्रिल्ड फिस पनि चाहिन्छ । कहिलेकाहीँ मंगोलोरियन फिस करी वा चिकन करी पनि खाने गर्छिन् ।दिनभर पर्याप्त पानी- ऐश्वर्या दिनभरमा आठ गिलास पानी पिउने गर्छिन् । यसले गर्दा शरीरमा पानीको अभाव हुन पाउँदैन साथै छाला पनि हायड्रेट रहन्छ ।

यस्तै ब्यवस्थित जीवनशैलीका कारण ढल्किदो उमेरमा पनि सदावहार सुन्दरीको रूपमा चर्चित ऐश्वर्या सामाजिक संजालमा पनि सक्रिय छिन् । जहाँ उनको सुन्दरताको तारिफको बर्षा नै हुन्छ ।

Aishwarya Rai Bachchan on the red carpet for the screening of Two Days, One Night (Deux jours, une nuit) at the 67th international film festival, Cannes, southern France, Tuesday, May 20, 2014. (Photo by Joel Ryan/Invision/AP)

Leave a Reply

Your email address will not be published. Required fields are marked *