मध्यरातमा आफ्ना नजिककाहरुलाई सुटुक्क बोलाएर खोप लगाउन थालेपछि यसरी लखेटिए मेयर पराजुली

समाचार

काठमाडौ । महामारी बढ्दो क्रममा छ तर खोपको मात्रा निकै कम हुँदा खोप केन्द्रहरुमा विवाद हुने गरेको छ । यि सामान्य कुरा लाग्न थालिसक्यो । तर जनप्रतिनिधिले आफ्ना नजिककाहरुलाई सुटुक्क बोलाएर मध्यरातमा खोप लगाउन थालेको थाहा पाएपछि स्थानियले विरोध गरेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली मध्यरातमा लखेटिएका छन् ।

उनले राती करिब साढे ९ वजे एक स्थानियको घरमा आफ्ना नजिककाहरुलाई सुटुक्क बोलाएर खोप लगाउन लागेको थाहापाएपछि स्थानियले विरोधगरेका छन् । हो हल्ला भएपछि उनी र उनको स्वास्थ्य समुह गाडी चढेर भागेको छ । केही स्थानियले विरोध गर्दै ढुँगा समेत हा ने का थिए । तर ठूलो समस्या भने भएन । .

पराजुलीले विराटनगर वडा नम्बर ५ का कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा भेरोसिल खोप वितरण गरिरहेको थाहा पाए पछि स्थानिय युवा विरोध गर्न पुगेका थिए । खोप लगाउन भन्दै उनको घरमा करिब ६० जना जम्मा भएका थिए ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशी समेत खोप लगाउने टोलीमा पुगेका थिए । प्रवीण निरौलाले उक्त दृश्य आफ्नो फेसबुक पेजमा लाइभ गरे पछि घटना खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *