काठमाडौँ । जोर्नी दुख्ने, अनुहारमा रातो दाग आउने, घाममा निस्कन गाह्रो हुनेजस्ता समस्या लामो समयसम्म भयो भने लुपस हुन्छ, लुपस हुँदा जोर्नी दुख्ने भएकाले धेरैले बाथ भएको भन्ने गरेको पाइन्छ। तर, त्यस्तो हैन।
के हो लुपस?
लुपस एक प्रकारको अटोइम्युन डिजिज हो। शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्तिले शरीरलाई हानि गर्ने किटाणु र खराब कोषलाई नष्ट गर्दछ। अटोइम्युन डिजिज भन्नाले शरीरको रोग निरोधक शक्तिले जब आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ त्यस बेलामा अटोइम्युन डिजिज सुरु हुने गर्दछ । लुपस युवा अवस्थामा धेरै देखा पर्ने रोग रहेको समेत रहेको पाइन्छ ।
उनले भनिन्, ुलुपस विषेश गरी युवा अवस्थामा लाग्ने रोग हो। यो पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ। महिलालाई पुरुषको तुलनामा नौ गुणा बढी हुने गर्दछ।ु
लुपस एक खतरनाक भएकाले यसको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी हुन्छ। जति चाँडो उपचार सुरु गरियो त्यति नै छिटो अंग बचाउन सकिन्छ।लुपसको उपचार लक्षण सुरु भएको तीन महिनाबाट एक वर्षभित्र उपचार गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ। ढिलो भएमा यसले मुटु, मिर्गौला र फोक्सोमा समेत असर गर्छ ।
कसरी पत्ता लगाउने लुपस ?
लुपसको लक्षण प्राय वाथ रोगसँग मिल्ने हुदाँ वाथ हो कि लुपस भन्ने पहिला पत्ता लगाउनुपर्छ। जसको लागि शरीरमा लुपसको लक्षण देखिनेबित्तिकै रगत, पिसाबको जाचँ गर्नुपर्छ। लुपसले मुटु, मिर्गौला र फोक्सोमा समेत असर गर्ने हुँदा मुटुको इकोदेखि मिर्गौलाको परीक्षण छातीको एक्सरे गर्नुपर्छ।
बिरामीले के कुरामा ध्यान दिने ?
लुपसका लक्षण देखिएपछि बिरामीले जीवनभर औषधि खानुपर्ने हुन्छ। यो रोग लागेको बिरामीहरु घामको किरणबाट बच्नुपर्दछ। यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम लगाउने, लामो कपडा वा घाम छेक्ने गरी लगाउने गर्नुपर्छ। यो रोग लागेको व्यक्तिलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्दछ ।यसका सायै यो रोग लागेका धेरैजसो गर्भवती महिलामा गर्भपतन हुने गर्दछ। जसको लागि शरीरमा गर्भपति हुनु अघि चिकित्सको सल्लाह लिनु पर्द। गर्भवती अवस्थामा नियमित जाँच गराईराख्नु पर्दछ र अन्य औषधी पनि नियमित खाने गर्नुपर्दछ।
लुपसका लक्षण
वंशाणुगत लक्षणहरु जस्तै ज्वरो, अल्छीपना, कमजोर, तौल घट्ने।
-हात र्जोनी दुख्ने।-छालामा असर गर्नेजस्तै पुतली आकारको मुखमा दाग आउने, चिलाउने, खटिरा आउने, सूर्यको प्रकाशमा बाहिर निस्कन गाह्रो हुने, केश झर्ने।-मिर्गौला सुन्निने।-रक्त कोसिकाहरुको कमी हुने, परिपक्व र स्वस्थ्य रक्त कोषिकाहरु नष्ट हुँदै जाने। नशा सम्बन्धित रोग लाग्नेजस्तैः टाउको दुख्ने, धेरै सोचाइमा पर्ने, केही कुराको निर्णय छिटो लिन नसक्नु, छारे रोग लाग्ने, बानी परिवर्तन भइरहेने वा चाँडै रिस उठ्ने।
-आँखामा असर गर्ने सुख्खा आँखा, रातो आँखा।-मुटु रोग लाग्नेजस्तै छाति दुख्ने, मुटुको बाहिरी भागमा असामान्य रूपमा पानी वा तरल पदार्थ जम्मा हुने, हृदयाघात हुने।
-फोक्सोमा पानी जम्ने।