पूर्वमन्त्रीले चढाए पशुपति मन्दिर अगाडि बाग्मतीमा एक सय लिटर दुध

समाचार

काठमाडौ । साउन महिनामा भगवान शिवको पुजा आराधना गरिन्छ । साउनमा सोमवारको विशेष महत्व हुन्छ । काठमाडौमा रहेको पशुपति मन्दिरमा साउनमा निकै भक्तहरुको निकै भि’ड हुन्थ्यो । तर यो पटक म’हामारीका कारण पशुपतिनाथ मन्दिर खुला गरिएको छैन । तर सोमवार पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्।

तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अ’पर्ण गरिएको उनीहरुले बताएका छन्। दुध अ’पर्ण कार्यक्रममा नेपाल फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।

शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा, शिवभक्ति लगायतका व्रत, अनुष्ठान आदि गरी यो महिनालाई साधनामय बनाउने गरिन्छ। यस सन्दर्भमा शिवपूजा विशेषतः रुद्राभिषेक बढी गरिने र दुग्धधारा अर्पण गरिने गरिन्छ।

हिन्दु धर्मावलम्बीहरुले अपनाउने कतिपय धार्मीक कार्यप्रति अन्य धर्म मान्ने र केही हिन्दुहरुले पनि न’कारा’त्मक टिप्पणी गर्ने गरेका छन् । यसअघि जनता समाजवादी पार्टी जसपाका नेता डा।बाबुराम भट्टराईले भारतको गंगामा दुध अ’र्पण गरेको तस्बिर रिट्वीट गर्दै न’कारा’त्मक टि’प्पणी गरेका थिए । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदि’त्यनाथको फोटोमा रिट्वीट गर्दै उनले ‘आस्था ख’तरना’क चिज हो यसले तपाईँलाई दुध फा’ले’र पि’साब पी’उन भन्छ’ लेखिएको क्याप्सन सार्वजनिक गरेका थिए । उनले यस्तो सामग्री रिट्वीट गरेपछि नेपाल र भारतमा समेत आलोचना भएको थियो ।

यसै क्रममा साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भी’ड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा आराधना गरेर फर्किएका छन् ।

नयाँ भेरियन्टसहितको महामारी कम हुँदै गएको भन्दै सार्वजनिक यातायातलगायत अन्य सबैजसो क्षेत्र खुला गरिसकिएको अवस्थामा मन्दिर पनि खुला गरिनुपर्ने भक्तजनको माग छ । साउन महिना र सोमबार शिवको महिना एवं बार भएकाले दर्शन तथा आराधनाका लागि दैनिक लाखौँ भक्तजन पशुपति क्षेत्र आउने परम्परा छ । गत वर्ष र यस वर्ष पनि साउन महिनामा पशुपतिनाथ मन्दिर नखुल्दा बाहिरबाट दर्शन गर्न बा’ध्य हुनुपरेको चन्द्रागिरि नगरपालिकाबाट दर्शनका लागि आउनुभएका श्यामप्रसाद भुर्तेलले सुनाए ।

पशुपतिनाथ मूल मन्दिरको दक्षिणी भागस्थित मुख्य ढोकाबाट मूलभट्ट एवं भट्टलाई भेट्न जाने जनाउँदै केही मानिस भित्रिने तर अरुलाई छि’र्न नदिने गरेको अनुभव भोग्नुपरेको उनको गुनासो छ । शङ्करका मन्दिरमा पनि यस्तो व्यवहार हुँदा दुःखी हुनुपरेको पशुपति क्षेत्र आउने भक्तजनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरका सबै ढोका बन्द गरेर साउनमा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम काँवर यात्रासमेत स्थगन गरेको छ । कोषले यात्रा स्थगन गरे पनि केही बोलबम यात्री भने सुन्दरीजलबाट सवारी साधन प्रयोग गरी जल लिएर पशुपति क्षेत्र प्रवेश गरेको देखिन्छ ।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल मूलभट्टलाई भेट्न आउने आगन्तुक पञ्चदेवलसँगैको दक्षिणी ढोकाबाट प्रवेश गर्न दिइए पनि मूल मन्दिरमा प्रवेश गर्न सुरक्षाकर्मीले रोकेको बताउछन्। आइतबारदेखि बढी भी’डभा’ड हुने मन्दिरलगायत क्षेत्रका लागि १० ठाउँमा निषेधाज्ञा थपिएकाले पनि साउनभर नै मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको उनले बताए ।

पशुपतिनाथ मन्दिर गत वैशाख पहिलो सातादेखि नै भक्तजनका लागि बन्द गरिएको थियो । त्यसैबेलादेखि विशेष पूजा पनि रोकिएको छ । मूल मन्दिरमा साउनमा प्रत्येक वर्ष हुने अन्य पूजा भने जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *