काठमाडौं । अभिनेत्री काजल अग्रवाल आज आफ्ना प्रेमी गौतम किचलुसँग बिवाह गदैछिन् ।
उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् ।
काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’
गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ । ३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् ।